काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् ।
नागरिक लगानीको कोषको अध्यक्ष रहेका थापालाई बिहीबारको मन्त्रिपरिषद् बैठकले सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।
त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक रहेका थापा आर्थिक मामिलाका जानकार मानिन्छन् ।