आज :

पार्टी नै विभाजन हुने डरले माधव नेपाल पछि हटे, सुदूरपश्चिममा गठबन्धन दलसँग छलफल

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सुदूरपश्चिम प्रदेस सरकार गठनमा लिएको अडानबाट पछि हट्ने संकेत गरेका छन् । केन्द्रीय गठबन्धनमा भएको सहमति विपरित नेपाली काँग्रेससँग मिलेपछि पार्टीभित्रै चर्को विरोध भएपछि अध्यक्ष नेपाल पूर्ववत अवस्थामा फर्किन बाध्य भएका हुन् ।

अध्यक्ष नेपालले बालुवाटारमा भएको सहमति विपरित नागरिक उन्मुक्ति पार्टीको रेशम चैधरी समूहका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउने सहमति गर्न प्रदेशका नेताहरुलाई लगाएका थिए । तर, पार्टीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरुले सुदूरपश्चिममा गठबन्धनभन्दा बाहिर गएर निर्णय लिए पार्टीमा बस्न नसकिने अवस्था आउन सक्ने चेतावनी दिएका थिए ।

बालुवाटारमा भएको शिर्ष नेताहरुबीच पहिलो एक बर्ष नाउपालाई मुख्यमन्त्री दिने सहमति भएको थियो । सोही सहमतिअनुसार नाउपाले कैलाश चौधरीले मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो । तर, एकीकृत समाजवादीका प्रदेशसभा दलका नेता दीर्घ सोडारीले नाउपाकै रेशम गुटका लक्ष्मणकिशोरलाई मुख्मयन्त्री बनाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

त्यसपछि केन्द्र र अन्य प्रदेशमा हलचल ल्याएको थियो । एकीकृत समाजवादीका नेताहरु नै दुई धारमा बाँडिएका थिए । अध्यक्ष नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेकोले उक्त कदम उठाउनु पर्ने अवस्था सिर्जना भएको सार्वजनिक रुपमा बताउँदै आएका थिए ।

वामपन्थी ध्रुविकरणबाट खुशी भएका नेता खनाल अध्यक्ष नेपालको उक्त कदमको विरुद्धमा उभिएका थिए । उनले गठबन्धनको मर्म र सहमति अनुसार नै अघि बढ्नुपर्ने भन्दै अध्यक्ष नेपालमाथि दबाब बढाएका थिए ।

मंगलबार नेता खनाल प्रधानमन्त्री निवास पुगेर सुदूरपश्चिम र गठबन्धनकै बारेमा छलफल गरेका थिए । एकीकृत समाजवादीका एक नेताका अनुसार सुदूरपश्चिमबाट अध्यक्ष नेपाल पछि नहटे पार्टी विभाजनको लागि तयार हुनुपर्ने अवस्था सिर्जना भएको थियो ।

एमालेसँग छुटिएपछि चुनावमा सोचेजस्तो परिणाम ल्याउन नसकेका अध्यक्ष नेपाल १२ सिटे पार्टी विभाजन हुने डरले पछि हट्न बाध्य भएको स्रोतको दाबी छ ।

अहिले अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेससभा दलका नेता दीर्घ सोडारीलाई एमाले, माओवादी केन्द्र र नाउपाका नेताहरुसँग छलफल र संवाद गर्न पठाएका छन् । अध्यक्ष नेपालले आफू काँग्रेससँग मिल्न सक्ने चेतावनी दिँदै संवाद गर्न भनेको बताइएको छ ।

माओवादी केन्द्र र एमाले यही बार्गेनिङका आधारमा मुख्यमन्त्री पाउने झिनो आशा पनि कायम राखेका छन् । प्रधानमन्त्री प्रचण्डले नाउपाभित्र पनि विवाद भएकोले मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिउ भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठसँग छलफल गर्ने आवश्वासन दिएका थिए ।

गठबन्धन दलका एक नेताका अनुसार अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीभित्रको विवाद मिलाउन सकिनन् भने मुख्यमन्त्री एकीकृत समाजवादीका भागमा पनि आउन सक्छ तर काँग्रेससँग जाने धम्की दिएको होइन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal