आज :

डडेल्धुरा अस्पतालमा बेथितिको चाङ, अख्तियारलाई नै टेरेनन् अध्यक्ष ओझाले

  • अनलाइन डबली

धनगढी । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अटेर गरेर आफू खुशी कार्य गरिरहेका छन् ।

स्वास्थ्य शिविरको नाममा पेश्की रकम लिएको लगायतका विषयमा आयोगले छानबिन गरिरहेको छ । तर, यता अध्यक्ष ओझाले थप विवादित कार्य धमाधम गरिरहेका छन् ।

अख्तियारको कञ्चनपुर कार्यालयले गएको साउन १५ गते पत्र पठाएर अक्सिन प्लान्ट खरिद, औषधिको स्वीकृत बजेट, कार्यक्रम विधि, खरिद रकमलगायतका कागजात पठाउन भनेको थियो ।

त्यसैगरी २०७९÷०८० को कर्मचारी पदपुर्ती विवरण, लिखित परीक्षाको नतिजा, पदपुर्ती समितिको निर्णय र सम्झौताको प्रतिलिपी, हाडजोर्नीको अप्रेसन गर्ने टेबुल खरिद सम्बन्धी सम्पूर्ण विवरण, जेनेरेटर खरिदसँग सम्बन्धीत सम्पूर्ण कागजात मागेको थियो ।

यो विषयमा छानबिन भइरहेको बेला अध्यक्ष ओझाले अहिले फेरि आफू खुशी कर्मचारी भर्ना, विना डेण्डर फर्निचर र औषधि खरिद गरेका छन् ।

अस्पताल स्रोतका अनुसार अध्यक्ष ओझाले आफ्ना र नेपाली काँग्रेसको एक पक्षका नेताका आफन्त गरी तीन दर्जन कर्मचारी नियुक्त गरेका छन् । ओझाले नेपाली काँग्रेसकी प्रदेश सांसद सरस्वाती खड्काका आफन्त बढी भर्ना गरेका छन् ।
त्यसैगरी विना कोटेशन वा टेण्डरमा खरिद गरिएका फर्निचर तथा डेकुरेशनका समानहरुको बिल अस्पताल प्रशासनमा पेश गरेका छन् । त्यस्तै, एक करोड बराबरको औषधि खरिद बील पनि पास गरेर भुक्तानीको लागि दवाव दिइरहेका छन् । यसमा केही बील फर्जी भएको अस्पताल स्रोतले बतायो ।

अध्यक्ष ओझाले सांसद खड्ककालाई आइफोन पनि किनिदिएका छन् । त्यसको भुक्तानी गर्न पनि चर्को दबाब दिइरहेका छन् । तर, अख्तियारले यसअघिका विषयमा छानबिन गरिरहेकाले अस्पताल प्रशासनले अध्यक्ष ओझाले पेश गरेका बील पास गर्न मानिरहेको छैन ।

पेश्की रकम लिन नपाउने नियम हुँदाहुँदै २० लाख रकम पेश्की बुझेपछि अध्यक्ष ओझा अख्तियारको छानबिनमा परेका थिए । अख्तियारले छानबिन गरिरहेको बेला नै थप अख्तियारी दुरुपयोग गर्दै ओझाले कर्मचारी नियुक्त र खरिद सम्बन्धी कामहरु धमाधम गरिरहेका छन् ।

संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको एकमात्र यस अस्पताललाई नागरिकको सेवा दिनभन्दा पनि निश्चित व्यक्तिको स्वार्थ पूरा गर्ने थलो बनिरहेको स्थानीयको गुनासो छ । यस एकपछि अर्को विथितिका चाङ बढ्दै गएका छन् ।

यस विषयमा बुझ्न हामीले अस्तालका मेसु डा. सन्तोष गुप्तासँग सम्पर्क गरेका थियौँ । उनले आफू केही दिन बाहिर भएकोले जानकारी नभएको बताए । आफू अस्पताल पुगेर मात्र बताउन सक्ने डा. गुप्ताले प्रतिक्रिया दिए ।

यस्तो छ अख्तियारले पठाएको पत्रः

माओवादी कोटाबाट नियुक्ती पाएका अध्यक्ष ओझा गएका स्थानीय तहको चुनावमा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनी हाल काँग्रेस सभापति शेरबहादुर देउवा पन्ती आरजु राणा निकट मानिन्छन् ।

माओवादीबाट काँग्रेसमा प्रवेश गरेका ओझाले आरजुसँग नजिक हुँदै लामो समयदेखि योगदान गरेका पुराना नेता कार्यकर्तालाई पाखा लगाउँदै आफ्नो स्वार्थ पूरा गरिरहेको एक जिल्ला नेताले बताए ।

सांसद खड्काको आरजु राणासँग निकट सम्बन्ध भएकै कारण ओझाले उनलाई खुशी बनाउन आईफोन किनिदिएको काँग्रेसका एक नेताले अनलाइन डबलीसँग बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal