आज :

जिउँदै मान्छे जलाउने आलमलाई जन्मकैदको सजाय भएपछि पीडितले राहतको महशुस गरे

  • अनलाइन डबली

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद महताभ आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाईसँगै शेख सराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको हो । मुद्दामा प्रतिवादीमध्येका मुक्ति साहले सफाइ पाएका छन् ।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको साबिक राजपुर फरहदवा–४ मा आलमका काका शेख इद्रिसको गोठमा बम बनाउँदै गर्दा विस्फोट भएको थियो ।

उक्त विस्फोटमा परी स्थानीय पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए । विस्फोटको घटना र त्यसपछिका प्रमाण नष्ट गर्न सिंह र मियाँलाई इँटाभट्टामा जलाएर मारेको अभियोग नेता आलम, उनका भाइ महताब आलम र शेख सराजसहित ११ जनामाथि थियो ।

कांग्रेस नेता आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए भने सोही वर्ष कात्तिक १८ गते उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो । पक्राउ परेको डेढ सातापछि जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । उनी हाल नख्खु कारागारमा छन् ।

इँटाभट्टामा मान्छेलाई जिउँदै जलाउने जस्तो अमानविय कार्य गरेका आलम र उनका सहयोगीलाई अदालतले जन्मकैदको फैसला सुनाएपछि पीडित परिवारले राहतको महशुस गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal