आज :

बरिष्ठ संगीतकार मनराजा नकर्मीलाइ विशिष्ट पुरस्कार छिन्नलता गीत पुरस्कार प्रदान गरिने

  • अनलाइन डबली

काठमाडौँ। बरिष्ठ संगीतकार मनराजा नकर्मी विशिष्ट पुरस्कार छिन्नलता गीत पुरस्कारव्दारा सम्मानित हुने भएको छ। गीत(सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई दिइँदै आएको छिन्नलता गीत पुरस्कार तथा सम्मानवाट यसपटक संगीतकार मनराजा नकर्मीलाइ पुरस्कृत गरिन लागेको  हो।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीका अनुसार गुठीको साधारण सभाले २०७९ र २०८० सालको छिन्नलता गीत पुरस्कार तथा सम्मान घोषणा गरेको हो। २०७९ सालका लागि छिन्नलता गीत पुरस्कार भूषण खरेल (गीत रचना), मनराजानकर्मी (सङ्गीत) र शिव परियार (गायन) लाई प्रदान गरिने भएको छ।

त्यस्तै लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेललाई दिइने भएको छ। २०८० सालको पुरस्कार वीरेन्द्र पाठक (गीत रचना), चण्डी काफ्ले (सङ्गीत) र मनिला सोताङ (गायन) लाई प्रदान गरिने गुठीले जनाएको छ। लोकप्रिय युवा प्रतिभा पुरस्कार भुपु पाण्डेलाई दिइने भएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal