आज :

ऐतिहासिक बाहा: बहिलको बारेमा ‘ क्यु आर कोड ’ बाटै विस्तृत जानकारी लिन सकिने

  • अनलाइन डबली

काठमाडौँ , चैत्र २१ बुधबार ।  काठमाडौँ महानगर पालिका भित्र रहेका ऐतिहासिक बाहा: बहिलको बारेमा विस्तृत रुपमा जानकारी लिने डिजिटल क्यु आर कोड प्रणाली संचालनमा आएको छ। काठमाडौँ महानगर पालिकाका उप प्रमुख सुनिता डंगोलले विश्व सम्पदा क्षेत्र हनुमान ढोका क्षेत्र संग जोडिएको महानगर पालिका अन्तर्गत २३ वडा भित्र रहेका ऐतिहासिक बाहा: बहिलको जनाकारी लिन सकिने डिजिटल प्रणाली क्यु आर कोड प्रणालीको आज उत्घाटन गर्नु भयो।
उप प्रमुख डंगोलले यस प्रणालीले हाम्रो पुर्खाले बनाएको सम्पदाको बारेमा अन्तर्राष्ट्रिय स्तरमा समेत अध्यन, अनुसन्धान तथा जानकारी हासिल गर्न सहज हुने बताउनु भयो।
सम्पदा नै सम्पदाले भरिएको महानगरको भित्रि सहरको अन्य वडा जस्तै यस वडा भित्र सभ्यता बिकासको सुरुवात संग जोडिएका अनेकौ बाहा: बहिलहरु रहेको पाइन्छ। २३ वडाको बिषेस पहलमा प्रयोगमा आएको यो प्रणाली बात हाल १८ वटा बाहा: बहिलको बारेमा जानकारी हासिल गर्न सकिने छ। सम्वर्धन सस्थाको प्राविधिक सहयोगमा लागु गरिएको यो प्रणाली श्रब्य दृश्य सहित नेपालि र अंगेजी भाषामा रहेको छ।

‘ नयाँ पिडिका लागि सहज हुने गरि यस प्रणालीलाइ परिकल्पना गरिको हो। हामी आफ्नै आफ्नै टोल छेउमा रहेको महत्व ऐतिहासिक बाहा: र बहिलको बारेमा थाहा नभई सकेको अहिलेको परिवेसमा यो प्रणालिको प्रयोगले आफु मात्र नभएर विश्वका जो कोहीलाई यस बारेमा जानकारी दिन समय सुहाउदो सहता बनेको छ। ’ २३ वडा अध्क्षय् मचराजा महर्जनले बताउनु भयो।
इतिहास विद डा जुनु बसुकलाले इतिहास विभिन्न दस्तावेजहरुको अध्यन बात तयार पारिएको प्रोफाइलको आधारमा यस क्यु आर कोड प्रणाली निर्माण भएको हो।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal