आज :

सुशान्तसँगको प्रेम स्वीकार्दै आनाले सेयर गरिन् यस्तो रोमान्टिक तस्वीर

  • अनलाइन डबली

काठमाडौं । ‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा र गायक सुशान्त केसी केही महिनादेखि प्रेममा छन् ।

गुपचुप प्रेम सम्बन्धमा रहेका उनीहरु अंग्रेजी नयाँ वर्ष मनाउन मुस्ताङ पुगेका थिए । दुवैले सार्वजनिक रुपमा प्रेमलाई स्वीकारेका थिएनन् । मुस्ताङ घुम्नेदेखि पोखरामा बन्जी जम्प गर्नेसम्म उनीहरु सँगै देखिए ।

अहिले भने यो जोडीले खुलेरै प्रेमलाई स्वीकारेको छ । आनाले सुशान्तसँगका रोमान्टिक तस्वीरलाई इन्स्टाग्राममा सेयर गरिरहेकी छन् । हिजोको गुपचुप प्रेम अहिले सार्वजनिक रुपमै फक्रिन थालेको छ ।

यसअघि आनाको नाम अनमोल केसी र सोनम शेर्पासँग पनि गाँसिएको थियो । दुवैसँग ब्र्रेकअपपछि आना सुशान्तसँग निकट भएकी हुन् ।आना अहिले एक फिल्मको छायांकनको तयारीमा छिन् भने सुशान्त विदेश भ्रमणको तयारीमा छन् ।

यता पूजा शर्मा र आकाश श्रेष्ठ  ब्रेकअप भएको लामो समय बिते पनि यी दुई जनाबीच अहिलेसम्म हार्दिकता पलाएको देखिएन ।

सन्दर्भ : अहिले छायांकन भइरहेको फिल्म ‘सम्झना बिर्सना’ गीतको । डिस्को हुँदै भक्तपुर दरबार स्क्वायर र सोमबार ललितपुर गोदावरीमा अन्तिम दिनको छायांकन भयो ।

तर पूजा र आकाशबीचको सम्बन्ध सहज नहुँदा छायांकनमा कठिनाइ भएको गुनासो फिल्म निर्माताले गरेका छन् । ‘पहिलेजस्तो सहज ढंगले सट दिइरहेका छैनन् । हेर्दा सम्बन्ध साँच्चिकै बिग्रिएको भन्ने बुझिन्छ,’ निकट स्रोतले भन्यो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal