आज :

“धादिङ–धुनिबेसी जाउँ,हाईकिङ गर्दै यसरी रमाउँ”(फोटोहरु)

  • धनन्जय बुढा

काठमाडौं । शनिबार एकदिने हाईकिङ(पदयात्रा)को क्रममा झण्डै तीन घण्टा उकालोलाई छिचोलेपछि १९सय मिटमाथीको टोड्के मदानेको डाँडामा कोदोको ढिँडो र लोकल कुखुराको मासु खादै रमाए पर्यटकहरु ।

काठमाडौं नजिकै धादिङको धुनिबेसी नगरपालिका वाड नं. ६ र गाउँ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल(भिटोफ–नेपाल)द्वारा संयुक्तरुपमा आयोजना गरि एक दिने ‘अध्ययन अवलोकन भ्रमण’को मौका जुराएका थिए ।

बिहान १० बजेतिर बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले सहभागी पाउनाहरुलाई फूलमाला लगाएर स्वागत तथा पदयात्राको उद्घाटन् गरेर त्यसको रौनकता बढाएका थिए ।

वडा अध्यक्ष रमेश आचार्यले अवलोकन भ्रमणको नेतृत्व गरेका थिए भने, भिटोफ–नेपालका अध्यक्ष गोपाल थापाले हामी हिँड्न बिर्सिसकेका साथिहरुलाई ठाडो उकालोमाथि बिजय गर्न प्रोत्सहान गरिरहेका थिए ।

अध्ययन अवलोकन तथा पदयात्रा(हाइकिङ)पछि भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले समग्र देशको पर्यटनलाई सबल र सक्षम बनाउँनका लागि सबै किसिमका पर्यटन व्यवसायी एकजुट हुनु पर्नेमा जोड दिए ।

इस्टोनिका लागि नेपालका अवैतानिक बाँणिज्य दूत नवराज दाहाल,नेपाल र्यटन बोर्डका निर्देशक मणिराज लामिछाने, भिटोफ पूर्व अध्यक्ष रामप्रसाद सापकोटा, भिटोफका पूर्वअध्यक्ष तथा तारागाउँ विकास समितिका संचालकसमेत रहेका शिब लामिछाने, नेपाल पर्वातोहण संघका सचिब धनबहादुर गुरुङ, सोसाइटी अफ ट्राभल्स एण्ड टुर्स अप्रेटर नेपाल(सोटो)का वरिष्ट उपाध्यक्ष मान बहादुर शाही, टूर गाईड एसोसियसनका अध्यक्ष थानेस्वर देबकोटा,नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज पाण्डे, पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष कुमरा थापा, राष्ट्रिय उड्डयन तथा पर्यटन व्यवसायी संगठनका अध्यक्ष दामोदर घिमिरे, रास्वपा गोरखानिर्वाचन क्षेत्र समिति सदस्य, ट्रेकिग एजेन्सिज एसोसिएसन अफ नेपाल (TAAN) का पुर्ब कार्ससमिति सदस्य तथा पर्याटन ब्याबसाही गोविन्द पन्त, भिटोफ नेपालका सल्लाकार द्वोय दिपक दाहाल र अशोक सिलवाल, भिटोप नेपालका कार्यक्रम सञ्चालक सचिव दिपक पण्डे,नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सदस्य हरि डल्लाकोटी, सोही पार्टी धुनीबेसी नगरपालीका पार्टी कमिटी अध्यक्ष राजकुमार पाठक,स्थानीय राजकुमार कोईराला, होटल हिमालयकी सुजना सिम्खडालगायत एक सय बढीजनाले नौबिसे,कालीदेबी मन्दीर,गौचरण,मदाने र टोड्के मैदानसम्म अध्ययन अवलोकनको क्रममा हाईकिङ(पदयात्रा) गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal