आज :

बाल मन्दिरको जग्गा  बृहस्पति विद्या सदन संचालन गर्न दिने सम्झौता खारेज 

  • अनलाइन डबली

काठमाडौँ । नेपाल बाल संगठनको स्वामित्वमा रहेको नक्सालस्थित बाल मन्दिरको जग्गा कौडीको भाउमा लिजमा लिएर संचालमा हुदै आएको निजी शैक्षिक संस्था बृहस्पति विद्या सदनको विवादित सम्झौता खारेज भएको छ । तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी भएको यो सम्झौता शुक्रबार खारेज भएको हो । यो निर्णयसँगै बाल मन्दिर परिसरमा रहेको बृहस्पतिको सम्पूर्ण संरचना पनि त्यहाँबाट हटाइने भएको छ ।
२०४८ को आम निर्वाचनपछि बनेको सरकारले रीता सिंह वैद्यलाई संगठनको अध्यक्ष नियुक्ति गरेपछि भित्रिएको बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो । बृहस्पतिले पनि लिजमा लिजमा लिएको मध्यको ५ रोपनी जग्गा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको थियो । वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन् ।
बाल मन्दिरको उक्त जग्गा बृहस्पतिलाई भाडामा दिँदा प्रतिस्पर्धा बिनानै दिइएको पाइएको छ । विभिन्न चरणका लिज सम्झौताअनुसार ३० वर्षे सम्झौता हुँदा प्रत्येक २ वर्षमा ५ प्रतिशतका दरले भाडा वृद्धि हुने तर सुरु र अन्तिम ५/५ वर्ष बढेको भाडा तिर्नु नपर्ने गरि २०८८ साल सम्मा सम्झौताको म्याद थियो । तर, म्याद सकिन १६ वर्ष अगावै २०७२ जेठ २१ मा संगठनले प्रतिवर्ग फिट ६ रुपैयाँ कायम गरी बाल मन्दिरको २९ रोपनी ४ आना बृहस्पतिलाई भाडामा दिने सम्झौता गरिको देखिएको छ । २०८८ पछि गणना हुने गरी थप ४३ वर्ष बृहस्पतिलाई नै सुम्पिन संगठनले त्यही मितिमा रहस्यमय ढंगले पूरक सम्झौता गरेको प्रमाण बाहिरिएको छ।
२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा रीता सिंह वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गामा बृहस्पतिले रजगज गरेको देखिएको हो । पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी उनै वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिएकी थिइन् ।

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal