आज :

टी-२० सिरिजः आजबाट नेपाल र वेष्टइन्डिज ‘ए’ बीच खेल सुरु, दुबै टीममा को को छन् ?

  • अनलाइन डबली

काठमाडौं । आजबाट नेपाल र टेस्ट टोली वेस्टइन्डिज ए टोलीबीच टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । आज दिउँसो त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बाट खेल सुरु हुन लागेको हो ।

त्यसैगरी वेष्टइन्डिज ए सँग आइतबार पनि खेल हुनेछ ।

पाँच म्याचको यो सिरिज खेल्न नेपाली टोली नियमित कप्तान रोहित पौडेलको नेतृत्वमा २० सदस्यीय टोली  घोषणा भएको छ ।

१६ जनाको टोलीमा शुक्रबारमात्रै क्यानले तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल, युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपेको हो ।

बिहीबार घोषित १६ सदस्य टोलीमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई मात्र थपिएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी-२० विश्वकपका लागि खेलाडीको नाम दर्ता गर्ने अन्तिम दिन १ मेलाई तोकेको छ ।

वेष्टइन्डिजसँग खेल्ने नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्टइन्डिज टोली

रोस्टन चेश, एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal