
कालिकोट । कालिकोट रास्कोट नगरपालिकामा जगत बहादुर शाही (शिखर) मेयरका बलिया दाबेदार मानिन्छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा पार्टीले आफूलाई मेयरको उम्मेद्वार बनाउनेमा आफू विश्वस्त रहेको शाहीले बताए । आ
फू रास्कोट नगरपालिकाको मेयर बनेमा रास्कोटको सम्बृद्धि र विकासका लागि काम गर्ने शाहीको भनाई छ । २०५४ सालदेखि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का युवा नेता समेर रहेका शाही २०५६ सालको जेठबाट पूर्णकालिन बनेर जनयुद्धमा होमिका थिए । २०५६ को असोज १० गते उनले पार्टी सदस्यता प्राप्त गरेका थिए ।
रास्कोट नगरपालिका वडा नम्बर ७ घर भएका शाही २०५४ सालदेखि वैधानिक रुपमा काम गर्दै अखिल (क्रान्तिकारी) इकाइ कमिटि अध्यक्ष बनेका थिए । २०५५ सालमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एरिया कमिटि सदस्य बनेका शाही २०५६ जेठमा पूर्णकालिन बन्दै विद्यार्थी संगठनको एरिया कमिटि अध्यक्ष बने ।
२०५७ सालमा विद्यार्थी जिल्ला सचिव हुँदै उपाध्यक्ष बनेका शाही २०५८ सालमा जिल्ला अध्यक्ष तथा पार्टी एसिएम बने । २०५९ सालमा डिसीएम हुँदै विद्यार्थी संगठनको केन्द्रीय सदस्य बनेका शाही २०७१ सालमा पार्टी जिल्ला सेक्रेटरी हुँदै क्षेत्रिय सदस्यसम्म बने ।
२०७३ सालमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय आयोजक समिति सदस्य बनेका शाहीले प्लस टु सम्मको अध्ययन गरेका छन् ।उनी अहिले रास्कोट नगरपालिकाको मेयरका एक बलिया दाबेदार हुन् । पार्टीको कर्णाली प्रदेश सदस्य समेत रहेका शाही अहिले नेकपा माओवादी केन्द्र कालिकोट जिल्ला ख निर्बाचन क्षेत्रको सचिव पनि हुन् ।