आज :

सरकारले कारवाही गर्न निर्देशन दिएपछि पेट्रोलियम व्यवसायीहरु पछि हटे, आजबाट लाइन बस्‍नु नपर्ने

काठमाडौं । कमिसनको बढाउनु पर्ने माग गर्दै आन्दोलन घोषणा गरेको पेट्रोलिय डिलर्स एसोसिएशनको फिर्ता भएको छ । व्यवसायीहरुले आजबाट पेट्रोलियम पदार्थको बिक्रो वितरण रोक्ने भन्दै आन्दोलन घोषणा गरेका थिए ।

तर सरकारले अत्यवशकीय बस्तुमा अन्तरगतको एेनअनुसार सरकारले कारवाहीको तयारी गरेपछि व्यवसायी आन्दोलन फिर्ता लिँदै आजबाट पेट्रोलियम पदार्थ बिक्री बितरणलाई नियमित गर्न तयार भएका छन् । कावा प्रधानमन्त्रीको समेत रहेका गृहमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्या तत्काल समाधान गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए । उनले अवरोध भए कानुनअनुसार अगाडि बढ्न निर्देशन समेत दिएका थिए ।

मन्त्री खाँणले शनिबार आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसाेसिएशनका महासचिव विश्व अर्याललाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदान चाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्ने चेतवनी पनि दिएका थिए ।

शनिबार साँझ नेपाल आयल निगम व्यवसायीबीच वार्ता भएको थियो । वार्तामा व्यवसायीका माग सम्बोधन गर्नेबारे एक हप्ताभित्र छलफल गरेर उपाय निकाल्ने र आजबाट सबै डिपोले पेट्रोलियम पदार्थको बिक्री बितरण सहज  बनाउने सहमति भएको थियो ।

निगमका कार्यवाहक महानिर्देशक गोइतले व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डाैकाे सहयोगमा अनुगमन गर्ने बताए ।

शनिबार कावा प्रधानमन्त्री खाणको निर्देशनपछि उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरिएको र केहीले बेचेको तथा केहीले नबेचेको फेला परेको निगमले जानकारी दिएको छ ।

व्यवसायीहरुले डिजलको भाउ बढेपछि डिजेल पेट्रोल बोक्ने ट्याङ्करको भाडा बढाइनुपर्नेलगायत माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal