
काठमाडौँ । भारतीय आयल निगम पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । भारत आयल निगमले पठाएको मूल्य अहिलेसम्मकै उच्च हाे ।
भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ । यससँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
निगमले पछिल्लो पटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस -युक्रेन तनावले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भएर कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९७ देखि १४० प्रति व्यारेलसम्म पुगिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेकाे मूल्यपछि भारतीय आयल निगमबाट नयाँ मूल्य बढेकाे हाे ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३२.८१, डिजेलमा ३६.४४ रुपैयाँ घाटा हुने देखिएको आयोगको भनाइ छ । तर, मट्टितेल, हवाइ इन्धनमा भने निगम अझैपनि नाफामै छ । यस्तै एलपी ग्यासमा निगमले ६६५.३४ रुपैयाँ घाटा छ ।