आज :

ओम सर्जिकलले सरकारलाई अझैं दिएन स्वास्थ्य सामाग्री तर नक्कली पीपीई भकाभक बेच्दै

काठमाडौं । कोरोना महामारीमा स्वास्थ्य सामग्री तोकिएको समयमा आपूर्ति नगर्ने ओम सर्जिकल र मेडिकन्सर्नलाई स्वास्थ्य सेवा विभागले तेस्रो पटक मौका दिएको छ । स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपलाई समयमा सामान नबुझाएको भन्दै २०७६ चैत २० मा कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो । तर टेण्डर सम्झौतामा उल्लेख गरेको मितिमा सामान नबुझाउने ओम सर्जिकल र मेडिकन्सर्नलाई भने विभागले कालोसूचीमा राख्न प्रक्रिया नै अगाडि नबढाई पटकपटक सामान बुझाउन म्यादथप गरी सहुलियत दिएको छ । तरपनि विहीबार विहान यो समाचार तयार पार्दासम्म ओम सर्जिकल र मेडि कन्सर्नले सम्झौताअनुसारको स्वास्थ्य सामाग्री विभागलाई बुझाएको छैन ।

ओम र मेडिकन्सर्नलार्ई सामान बुझाउन दोस्रो पटक आइतबारसम्म दिएको समयसीमा पनि सकिएपछि फेरि म्यादथप गरी बैशाख २१ सम्म बुझाउन भनियो । उनीहरुले बैशाख २१ मा पनि सामान बुझाएनन् । दोस्रो पटकको समय बैशाख २१ सम्म समय दिंदा पनि उनीहरुले नबुझाएपछि पनि विभागले उनीहरुलाई कालोसूचीमा राखेन । उनीहरुलाई विभागले पुनः म्यादथप गरी तेस्रो पटक मौका दिएको छ । ओम सर्जिकलका संचालक रामशरण भण्डारीसँग मिलेमतो भएकाले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, ब्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्र डोटेल, आपूर्ति शाखा प्रमुख चुडामणि भण्डारी ओम र मेडिकन्सर्नलाई कालोसूचीमा नराखी पटक पटक म्यादथप गरी सामान बुझाउन छुट दिएका छन् । ओम्नीको स्वास्थ्य सामग्री बुझाउने समय हुँदाहुँदै कालोसूचीमा राख्ने विभागले ओम र मेडिकन्सर्नलाई टेण्डरको समयसीमा सकिएपछि भने ३ पटक म्यादथप गरी सहुलियत दिएको छ ।

विभागले ओमका लागि एउटा र ओम्नीका लागि अर्को कानुन लागू गर्न खोजेकाले पनि भ्रष्टाचार भएको देखिन्छ । विभागको यो समूहले नै ओम्नीको सूचना लिक गरी उसलाई कालोसूचीमा राखेर आफ्नो सेटिङ भएका ओम र मेडिकन्सर्नलाई टेण्डर हाल्न लगाई ठेक्का दिएको खुलेको छ ।

पीपीई, थर्मल गन, एन ९५ मास्क, ग्लोब, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री आपूर्तिको ठेक्का पाएका ओम सर्जिकल र मेडिकन्सर्नले अन्तिम मितिसम्म सामान नबुझाउँदा पनि विभागले कारबाही गर्न आवश्यक नठान्नुको कारण ओमसँगको साँठगाठँ नै हो । ओम र मेडिकन्सर्नले स्वास्थ्य सेवा विभागलाई बुझाउन ल्याएको सामान बजारमा कालोबजारीमा बिक्री गरेका छन् ।

ओमले त इटहरी, बुटवल र धनगढीमा पठाएर कालोबजारी गरेको आरोप छ । उसले त्रिपृुरेश्वरस्थित सर्जिकलबाट पनि ३ हजारको थर्मोगन ९ हजार र २ ७० रुपैयाँको एन ९५ मास्क ३८० मा थोकमा बिक्री गरेको बिषयमा केमसनको बैठकमै विवाद भएको थियो । विभागलाई बुझाउन ल्याएको सामान त्रिपुरेश्वरस्थित ओम सर्जिकलबाट कालोबजारी भएकोबारेमा मिडियाबाजी भएपछि रामशरण भण्डारीले आफ्ना भाइ दलबहादुर भण्डारीको भण्डारी सर्जिकलबाट स्वास्थ्य सामग्र्री बितरण गर्दैआएका छन् ।

ओमले बेच्‍यो नक्कली पीपीई  

ओम सर्जिकलले विश्व स्वास्थ्य संगठनले तोकेको गुणस्तर अनुरुपको भन्दै नक्कली पीपीई बिक्री गरेको आरोप छ । एक सर्जिकल संचालकका अनुसार डब्लुएचओ हुँदै होइन तर उसले डब्लुएचओ प्रुफ भन्दै बिक्री गरिरहेको छ । १ हजार मूल्यको पीपीईलाई डब्लुएचओ भन्दै १ हजार ९ सय रुपैयाँमा बिक्री गरिरहेको छ । स्यानिटाइजर भ्याट नतिरी ल्याएर अहिले भ्याट जोडेर बिक्री गरिरहेको छ । स्यानिटाइजर, मास्क र थर्मोगन ओमले सरकारले दिएको भ्याट फ्री सुविधामा ल्याए । सरकारले बैशाख १५ गतेसम्म स्वास्थ्य सामग्री आयात गर्दा भ्याटछुट दिएको थियो । ओम र मेडिकन्सर्नले बैशाख १५ अगाडि ल्याएका स्वास्थ्य सामग्री अहिले भ्याट जोडेर बिक्री गर्दैआएका छन् । यसमा राजस्व अनुसन्धान विभागले छानबिन गरे सबै खुलासा हुने सर्जिकल संचालक बताएको नेपालफेस अनलाइनले समाचार लेखेको छ ।

६.नेकपाले भन्यो-ओम सर्जिकलले स्वास्थ्य सामाग्रीमा कालोबजारी गरिरहेको छ, जनकारवाही गर्छौं

५.ओम सर्जिकल स्वास्थ्य सामाग्री दिन असक्षम, धरौटी जफत किन नगर्ने ?

४.स्वास्थ्य सामाग्रीमा बदमासी-२ : डोटेल भन्छन्- विभागलाई नदिएर बिक्री गर्नु अपराध हो, कारवाही हुन्छ

३.काठमाडौँको ओम सर्जिकलसँग कारोबार गरका छैनौंः खड्का

२.स्वास्थ्य सामाग्रीमा बद्‍मासी-२ : सरकारलाई भनेर चीनबाट ल्याएको सामान रातारात धनगढी पुग्यो

१. सम्झौताअनुसार चीनबाट ल्याएको स्वास्थ्य सामाग्री सरकारलाई दिइएन, बजारमा महंगोमा बेच्दै निजि कम्पनी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal