आज :

नेकपाले भन्यो-ओम सर्जिकलले स्वास्थ्य सामाग्रीमा कालोबजारी गरिरहेको छ, जनकारवाही गर्छौं

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग सम्झौता गरेर समय सीमा भित्र समान नदिने ओम सर्जिकल कन्सर्न प्रा.लि.ले स्वास्थ्य सामाग्रीमा कालोबजारी गरिरहेको भन्दै कारवाही गर्ने बताएको छ । सरकारले ओम सर्जिकलको कालोबजारीलाई ढाकछोप गर्यो र कारवाही नगरे आफूले गर्ने चेतावनी पुनले दिए ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले ओम सर्जिकलले गरेको कालोबजारीको सबै सूचना आफूहरुसँग भएको भन्दै सरकारले संरक्षण गरे पार्टीले जनकारवाही गर्ने बताए । ओम सर्जिकलले सरकारसँग गरेको सम्झौताको दुरुपयोग गर्दै चीनबाट समान ल्याएर बुटवाल, कैलाली र इटहरीसम्म कालोबजारी गरेर संकटको अपराध गर्दा पनि सरकार मुख दर्शक भएको पुनले बताए ।

“हामीले विभिन्न संचारमाध्यमहरुमा समाचार आएपछि ओम सर्जिकललाई निगरानी गरिरहेका छौं । उसले सरकारलाई समान नदिएर कालोबजारीमा महंगो बेचिरहेको भेटिएको छ । हामी चाहन्छौं, सरकारले ओमलाई कारवाही गरोस् ।.यदि संकटको बेला पनि कालोबजारी गर्न छुट दिइयो भने हामी जनकारवाही गर्न बाध्य हुनेछौं” पुनले भने ।

नेता पुनले ओम सर्जिकका प्रमुख रामशरण भण्डारीले चीनबाट तीन पटकसम्म स्वास्थ्य सामाग्री ल्याएको सूचना आफूहरुले पाएको तर विभागलाई नबुझाएको भन्दै आपत्ति जनाए । भण्डारीले चीनबाट सामान केही सिधै आफैले बेचेको र ठूलो परिणाममा भाई दलबहादुर भण्डारीले नाममा रहेको भण्डारी अर्जिकलबाट कालोबजारी गरेर देशका विभिन्न स्थानमा पुर्याउँदै आएको नेता पुनले बताए । त्रिपेश्वरमा रहेको गोदाममा समान भएपनि विभागलाई नदिएर भन्दै नेता पुनले जनताले गोदाम कब्जा गर्ने पर्ने समेत बताए ।

विभागसँग भएको सम्झौता देखाउँदै भन्सार छुटमा सामान ल्याउँदै कालोबजारीमार्फत भारतसम्म पुर्याउने गरेको दाबी नेता पुनले गरे । उनले भने, “रामशरणजीले नेपाल संकटको बेला कालोबजारीबाट इटहरी हुुँदै भारतसम्म स्वास्थ्य सामाग्री महंगोमा बेच्नुभएको भन्ने त्यहाँका स्थानीयले हामीलाई सूचना दिएका छन् । हामीले सुक्षम ढंगबाट अध्ययन गरिरहो छौं” नेता पुनले भने ।

ओम सर्जिकल र मेडि कन्सर्नले सम्झौताको समय सीमाभित्र स्वाथ्य सामाग्री तथा उपकरण नबुझाएर कालोबजारी गरिरहँदा पनि रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) मौन बस्नुलाई पनि गम्भीर रुपमा लिएको पुनले बताए । केमसानमा आवद्ध केही व्यवसायीको पनि भण्डारीको कालोबजारीमा मिलेमत्तो भएको आशंक पनि पुनले गरे ।

समय सीमाभित्र सामान नबुझाउने तर खुलाखुला कालोबजारीमा महंगोमा सामान बेच्दा समेत स्वास्थ्य सेवा विभागले निरिह भएको केन्द्रीय सदस्य पुनले बताए । उनले तीनवटा कम्पनीमध्ये एकले बुझाइसक्दा पनि विभागले कारवाही अगाडि नबढाउनु आपत्तिजनक भएको बताए । त्यस्तै उनले समयमै सामान बुझाउने लुम्बिनी हेल्थ केयरलाई धन्यवाद समेत दिए ।

त्यसैगरी कोरोनाले संकट निम्त्याएको बेला नाफाको लागि कालोबजारीमा नलागेर मानवियता देखाउनु पर्ने भन्दै पुनले ओम सर्जिकलसँग मिलेर कालोबजारीमा नलाग्‍न अन्य व्यवसायी आग्रह समेत गरे ।

केही कर्मचारीलाई आर्थिक प्रभावमा पारेर ओम सर्जिकलले मनपरी गरिरहेको समेत पुनले दाबी गरे । त्यस्ता कर्मचारीको सूचना पनि पार्टीमा पुगेको बताए । उपयुक्त समयमा कारवाही गर्ने चेतावनी समेत दिए ।

ओम सर्जिकलका संचालक भण्डारी विवादित व्यक्ति भएको र त्यस्ता व्यक्तिसँग विभागले सम्झौता गरेकाले समयमै स्वास्थ्य सामाग्री उपलब्ध नभएको बताए । उनले विगतमा टेकु अस्पताल र भक्तपुर अस्पतामा सामान खरिद प्रक्रियामा पनि भण्डारीले गरेको बदमासी गरेको बताउँदै हेम्स अस्पतालमा रहेको भण्डारीको लागनी पनि छानविन गर्नपर्ने बताए ।

तर, यो विषयमा ओम सर्जिकलका संचालक भण्डारीसँग सम्पर्क गर्दा उनले कालोबजारी नगरेको बताए ।

५.ओम सर्जिकल स्वास्थ्य सामाग्री दिन असक्षम, धरौटी जफत किन नगर्ने ?

४.स्वास्थ्य सामाग्रीमा बदमासी-२ : डोटेल भन्छन्- विभागलाई नदिएर बिक्री गर्नु अपराध हो, कारवाही हुन्छ

३.काठमाडौँको ओम सर्जिकलसँग कारोबार गरका छैनौंः खड्का

२.स्वास्थ्य सामाग्रीमा बद्‍मासी-२ : सरकारलाई भनेर चीनबाट ल्याएको सामान रातारात धनगढी पुग्यो

१. सम्झौताअनुसार चीनबाट ल्याएको स्वास्थ्य सामाग्री सरकारलाई दिइएन, बजारमा महंगोमा बेच्दै निजि कम्पनी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal