आज :

स्वास्थ्य सामाग्रीमा बद्‍मासी-२ : सरकारलाई भनेर चीनबाट ल्याएको सामान रातारात धनगढी पुग्यो

काठमाडौँ । सरकारसँग गरेको सम्झौताअनुसार चीनबाट स्वास्थ्य सामाग्री ल्याएका तीनवटा कम्पनीले बजारमा कालोबजारी गरेर बिक्री गरिरहेको पाइएको छ । स्वास्थ्य सेवा विभागलाई दिने अन्तिम समय बैशाख १९ गते शनिबार सकिएको छ । तर, तीनवटै कम्पनीले सम्झौताअनुसारको सामाग्री विभागलाई दिएका छैनन् ।

चौतर्फी दवाव र विरोधलाई थेग्न नसकेर सरकारले ओम्नी ग्रुपसँग गलत नियतले गरेको सम्झोता रद्द गरेको थियो । त्यसपछि पुनः विभागले चैत्र २३ गते नयाँ टेण्डर निकालेर ३० गते खोलेको थियो । विभागले दोस्रो चरणमा ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग सरकारले सम्झौता गरेको थियो ।

सम्झौतामा दुई हप्ताभित्र सबै सामान दिने भनिएको तर शनिबारसम्म पनि नदिएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले शनिबार अनलाइन डबलीसँग बताए । अन्तिम मिति शुक्रबार सकिएको तर आज बिदा भएकोले आइतबारसम्म पर्खिने डोटेलले बताए ।

सरकारलाई दिने भनेर चीनबाट ल्याइएको स्वास्थ्य सामाग्री ओम सर्जिकल रातारात धनगढी र बुटवल पुर्याएको छ । धनगढीमा हंशराज खड्काले संचालन गरेको ओम सर्जिकल र सोही नामको बुटवलमा रहेको कम्पनीले सरकारलाई दिन चीनबाट ल्याएको स्वास्थ्य सामाग्री रातारात लिएका हुन् ।

विभागसँग भएको सम्झौतापछि ओम सर्जिकलले तीनपटक चीनबाट स्वास्थ्य सामाग्री ल्याइसकेको छ । तर, सम्झौताअनुसारको सामान विभागलाई दिएको छैन ।

यसमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपालमा आवद्ध ३६ जना व्यवसायीहरुले चीनबाट ल्याएको सामान बाँडिचुडी कालोबजारीमा बेचिरहेका छन् । एक व्यवसायीका अनुसार उनीहरुले रकम जम्मा गर्ने त्यहीअनुसार ओम सर्जिकलले चीनबाट सामान ल्याइरहेको छ । तीनपटक गरी ओम सर्जिकलले मात्रै करिब ५० करोड बराबारको स्वास्थ्या सामाग्री भित्र्याउँदा समेत सम्झौताअनुसारको सामान नदिने भनेको सरासर बदमासी नै हो ।

ओम सर्जिकलले सम्झौताको दुरुपयोग गरिएको व्यवसायीका आरोप छ । “जति पटक सामान ल्याउन गयो त्यति पटक विभागसँग भएको सम्झौता देखाएर भन्सार र विमान .चाटर्डमा सुविधा लिने तर सामान बजारमा आफू खुशी बेच्नु सरासर अपराध हो । तर यो देशमा कसले सुन्ने ?” एक व्यवसायीले अनलाइन डबलीसँग भने ।

सरकारले समयमै सामान उपलब्ध गराउन नसक्‍ने देखिएको भन्दै ओम्‍नीसँगको सम्झौता रद्द गरेको थियो । सरकारले सम्‍झौता रद्द गर्दा ओम्‍नीले दोस्रो पटकलाई पाएको समय पार भएको थिएन । तर दोस्रो सम्झौताले समय सीमा पार गरिसकेको छ ।

यो पनि 

१‍. सम्झौताअनुसार चीनबाट ल्याएको स्वास्थ्य सामाग्री सरकारलाई दिइएन, बजारमा महंगोमा बेच्दै निजि कम्पनी

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal