आज :

ओम सर्जिकल स्वास्थ्य सामाग्री दिन असक्षम, धरौटी जफत किन नगर्ने ?

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी स्वास्थ्य सामाग्री निर्धारित मितिमा दिन फेरि पनि निजि कम्पनी असक्ष भएका छन् । सरकारले स्वास्थ्य सेवा विभागमार्फत दोस्रो पटक गरेको सम्झौताको समय सीमाभित्र स्वास्थ्य सामाग्री दिन दुईटा कम्पनी असक्षम भएका हुन् ।

ओम्नी समूहसँग गरेको सम्झौता विवादित बनेपछि विभागले रद्द गरेर नयाँ प्रक्रिया सुरु गरेको थियो । सोहीअनुसार बैशाख ५ गते ओम सर्जिकल कन्सर्न प्रालि, हाम्रो मेडिकल कन्सर्न प्रालि र लुम्बिनी हेल्थ केयर प्रा.लि.सँग सम्झौता गरेको थियो । विभागले करिब ३० करोड रुपैयाँ बराबरको मेडिकल सामान खरिदको लागि सम्झौता गरेको थियो ।

तीनवटा कम्पनीमध्ये आइतबारसम्म लुम्बिनीले मात्रै सम्झौताअनुसारको सामान दिन सक्षम भएको विभाग स्रोतले बताएको छ । निर्धारित समयमा सामान दिन नसकेपछि ओम सर्जिकल र हाम्रो मेडिकलले समय थपको लागि निबेदन दिएका छन् । विभागका व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलका पत्र आएको पुष्टि गर्दै सयम थप हुने वा नहुने कुनै निर्णय नभएको बताए ।

विभाग स्रोतका अनुसार लुम्बिनीले पनि समय थपका लागि निवेदन दिएको थियो तर आइतबार सामान बुझाएको छ । एउटै मितिमा सम्झौता गरेको कम्पनीमध्ये एउटाले सामान दिन नसक्ने अरुले दिन नसक्ने कुरालाई परिस्थितिजन्य मान्न नसकिन विभागका एक कर्मचारीले बताए । ओम सर्जिकल र हाम्रो मेडिकलले चीनबाट ल्याएको सामान बजारमा बेचेको भन्ने ओरोपलाई यसले पुष्टि गर्छ ।

आइतबार साँझ ओम सर्जिकलका संचालक रामशरण भण्डारीले अनलाइन डबलीसँग कुरा गर्दै परिस्थिति काबु बाहिरको भएकोले सामान समयमै दिन नसकिएको बताए । भण्डारीले अनलाइन डबलीले सामान दिन नसकेको भनेर आफ्नो बदनाम गरेको भन्दै कानुनी उपचार खोज्ने धम्की समेत दिए । अनलाइन डबलीले निर्धारित समयमा स्वास्थ्य सामाग्री दिन नसकेको समाचार पहिलो पटक प्रकाशित गरेको थियो ।

तर लुम्बिनिले सामान दिएसँगै भण्डारीको दाबी सहि नभएको पुष्टि भइसकेको छ । एउटै मिति सम्झौता गरेकामध्ये एउटा कम्‍पनीलाई परिस्थिति काबु भित्र हुने र दुईटालाई बाहिर हुने भन्‍ने मान्‍न नसकिने विभागका एक अधिकारीले बताए । समय सीमा पार हुँदा पनि सामान नदिनु भनेको असक्षमता र गैरजिम्म‍ेवारीपन भएको बताउँदै उनले भने, “लुम्बिनीलाई चीनबाट सामान ल्याउन अनुकुल हुने र ओमलाई प्रतिकुल हुने कुरा भएन, उनीहरु असक्षम र गैरजिम्मेवार भएका हुन् । यसको सजाय भोग्नुपर्छ ।”

यदि समयमै सामान दिन नसक्ने भए सम्झौता किन गरियो भन्ने विषय पनि गम्भीर रुपमा उठेको छ । सरकारले दिएको समय सीमा भित्र सामान ल्याउन नसक्ने भन्दै अरु धेरै कम्पनीहरु सम्झौताको लागि तयार भएका थिएनन् । संकटको बेला सम्झौत गरेर सरकारलाई सामान नदिनु अपराधसँगै नागरिकको स्वास्थ्यमाथि ठूलो खेलवाड भएको सरोकारवालाहरुको भनाई छ ।

ओम सर्जिकलले तीन पटकसम्म सामान भित्र्याएको वाणिज्य विभाग स्रोतको दाबी छ । तीन पटकसम्म सामान ल्याएर पनि समयमै नदिने ओम सर्जिकलसँगको भएको सम्झौता रद्द गर्दै धरौटी जफत किन नगर्ने ? भन्ने प्रश्न विभागकै कर्मचारीहरुले गर्न थालेका छन् ।

१.सम्झौताअनुसार चीनबाट ल्याएको स्वास्थ्य सामाग्री सरकारलाई दिइएन, बजारमा महंगोमा बेच्दै निजि कम्पनी

२.स्वास्थ्य सामाग्रीमा बद्‍मासी-२ : सरकारलाई भनेर चीनबाट ल्याएको सामान रातारात धनगढी पुग्यो

३. स्वास्थ्य सामाग्रीमा बदमासी-२ : डोटेल भन्छन्- विभागलाई नदिएर बिक्री गर्नु अपराध हो, कारवाही हुन्छ

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal