News Portal

  • काठमाडौँको ओम सर्जिकलसँग कारोबार गरका छैनौंः खड्का

    डबली संवाददाता२०७७ बैशाख २२ गते
    ८३१ पटक

    काठमाडौँ । सरकारलाई समय सीमाभित्र स्वास्थ्य सामाग्री दिन नसकेको ओम सर्जिकल कन्सर्न प्रा.लि.सँग आफूले कारोबार नगरेको ओम सर्जिकल सप्लायर्स धनगढीले बताएको छ । सप्लायर्सका प्रोप्राइटर हंशराज खड्काले काठमाडौँको ओम सर्जिकल कन्सर्न प्रा.लि.सँग स्वास्थ्य सामाग्री नल्याएको बताएका हुन् ।

    खड्काले आफूहरुले स्वास्थ्य सामाग्री तथ उपकरण काठमाडौबाट नै ल्याउने भएपनि अरुसँगै कारोबार हुने गरेको बताए । “हामीले पनि सामान काठमाडौँबाटै ल्याउने हो तर समाचार जोडिएको ओम सर्जिकल कन्सर्न प्रा.लि.कारोबार गरेका छैनौं” खड्काले भने । उनले समाचारमा भनिएजस्तो आफूले उक्त कम्पनीसँग कारोबार कहिलै नभएको दाबी गरे ।

    नाम एउटै भएपनि काठमाडौँको ओम सर्जिकलको आधारिक बिक्रेता र कारोबार अरुनै भएको समेत बताए ।

    प्रतिकृया दिनुहोस्