आज :

स्वास्थ्य सामाग्रीमा बदमासी-२ : डोटेल भन्छन्- विभागलाई नदिएर बिक्री गर्नु अपराध हो, कारवाही हुन्छ

काठमाडौँ । स्वास्थ्य सामाग्री खरिदको लागि सरकारले दोस्रो पटक गरेको सम्झौताको समय सीमा भित्र सामान उलब्ध गराउन असफल भएका छन् । सरकारले स्वास्थय सेवा विभागमार्फत दोस्रो पटक तीनवटा कम्पनीसँग सामान खरिद गर्ने गरी सम्झौता गरेको थियो ।

सम्झौताको अवधि बैशाख १९ गते शुक्रबार सकिँदा पनि सरकारलाई तीनवटै कम्पनीले सामान दिन दिएनन् । तर, उनीहरुले कालोबजारी गरेर बजारमा बेचिरहेको छन् । यस विषयमा अनलाइन डबलीसँग विभागको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले तीनवटै कम्पनीले सम्झौताअनुसारको सामान उपलब्ध गराउने समय शुक्रबार सकिएको बताए । आज (शनिबार) बिदा भएकोले आइतबारसम्म कुर्ने बताए ।

सम्झौता गरिएका कम्पनीले चीनबाट सामान ल्याएर बजारमा बेचिरहेको भन्ने भन्ने जिज्ञासामा डोटेलले यदि सरकारलाई नदिएर बजारमा बेच्नु अपराध भएको बताउँदै पुष्टि भए कारवाही गर्ने बताए । “सरकारसँग सम्झौता गर्ने तर सामान नदिने तर बजारमा बिक्री गर्नु भनेको अपराध नै हो, यसबारे हामीलाई सुचना दिनुहोला कारवाही गर्छौ” डोेटेलले भने । उनले संकटको बेला झन छिटो सामान ल्याउन सरकारले आवश्यक सहयोग गरेको बताए ।

ओम्नी ग्रुपसँगको कमिसन आधारमा महंगोमा सम्झौता गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले उक्त सम्झौता रद्द गरेको थियो । त्यसपछि बसेको मन्त्रिपरिषद बैठकले नेपाली सेनालाई स्वास्थ्य सामाग्री खरिदका जिम्मा दिएको थियो । तर, पुनः विभागले चैत्र २६ गते अर्को टेण्डर आह्वान गर्यो । सोहीअनुसरा चैत्र ३० गते टेण्डर खोलेको थियो । प्रस्ताव पेश गर्नेमध्ये ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग सरकारले सम्झौता गरेको थियो ।

निर्देशक डोटेलका अनुसार सम्झौतामा दुई हप्ताको समय तोकिएको थियो । उक्त समय बैशाख १९ गते शुक्रबार सकिएको छ ।
भन्सार र विमानमा सहुलियत पाएका तीनवटै कम्पनीले चीनवाट सामान ल्याएपनि सरकारलाई नदिएर बजारमा महंगोमा बेचिरहेका छन् । सबैभन्दा बढी सामान रामशरण भण्डारी संचालक रहेको ओम सर्जिकलले  तीन पटक गरी करिब ५० करोडको सामान भित्र्याइसकेको छ तर सरकारसँग सम्झौता गरेअनुसारको समान नदिएर बजारमा महंगोमा बेचिरहेको छ ।

यो पनि पढ्नुहोस्

१‍. सम्झौताअनुसार चीनबाट ल्याएको स्वास्थ्य सामाग्री सरकारलाई दिइएन, बजारमा महंगोमा बेच्दै निजि कम्पनी

२.स्वास्थ्य सामाग्रीमा बद्‍मासी-२ : सरकारलाई भनेर चीनबाट ल्याएको सामान रातारात धनगढी पुग्यो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal