News Portal

जग्गा विवादमा दिदीको हत्या

१२३ पटक

मोरङ । कानेपोखरी गाउँपालिका १ होक्लाबारीका ५१ वर्षिय विजय किस्कु र निजको भाइ ३२ वर्षिय वीरेन्द्र किस्कुले सोही स्थानकी ५५ वर्षिय सीता सोरेनको हत्या गरेका छन् ।

शुक्रबार साँझ ५ बजे भाइहरूले जग्गाको विषयमा विवादमा दिदी सोरेनलाई कुटपिट गरी घाइते बनाएका थिए ।

उनलाई उपचारका लागि विराटनगर अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दिदीलाई कुटपिट गर्ने दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्