आज :

कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अवरुद्ध

  • अनलाइन डबली

ललितपुर । धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा नेकपा(एमाले) निकट अनेरास्ववियुले सोमबार बेलुका तालाबन्दी गरेको बताइएको छ । आफू स्ववियु चुनावमा हार्ने भएपछि अखिलले ताला लगाएको अखिल(क्रान्तिकारी)सहित अन्य तीन विद्यर्थी संगठनहरुले आरोप लगाएका छन् ।

नेकपा(माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी) नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ) नयाँसक्ति विद्यार्थी संगठनले उम्मेदवारी दर्ताको विषयमा कलेज प्रशासनसमक्ष छानविनको लागि माग राखेको क्रान्तिकारीका एक विद्यार्थीले अनलाईन डबललीलाई बताए । सोमबार बेलुका ५ बजेतिर अखिलले छानविन नगरी निर्वाचन गरिनुपर्ने भन्दै तालाबन्दी गरेर निर्वाचन विथोलेको तीन विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् ।

यसअघि अखिलले उम्मेदवारी दर्ताको समयसीमा कटिसकेपछि उम्मेदवारी दर्ता गरेपछि आफूहरुले छानविको माग गरेको क्रान्तिकारीले बताएको छ । आज देशैभरी स्वीयुको निर्वाचन भइरहँदा सो कलेजमा भने तालाबन्दीले अबरोध भएको छ ।

सत्तासिन पार्टी एमालेकै भातृ संगठन अखिलको तालबन्दीको कारण चैत १३ गतेदेखि इन्जिनियरङि अध्ययन संस्थानको बोर्ड परिक्षालाई पनि अबरोध गर्ने उनिहरुको आरोप लगाएका छन् । तालबन्दीले परिक्षा प्रवेश पत्र तथा परिक्षा फर्म भर्न विद्यार्थीहरुलाई सास्ती भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

तीनै विद्यार्थी संगठनहरुले यथासीग्र तालाबन्दी हटाएर स्ववियु चुनाव गरिनुपर्ने तथा इन्जिनियरङि अध्ययन संस्थाको बोर्ड परिक्षामा सहभागी विद्यार्थीहरुलाई सास्ति नदिन पनि अखिललाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal