
कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तिलागुफा नगरपालिका वडा नं. ११ को वडा सम्मेलन आज सम्पन्न भएको छ। सम्मेलनको अध्यक्षता कर्णराज शाहि (निर्माण)ले गरेका थिए, जसले २९ सदस्यीय नगर कमिटी गठन गरेका छन्।
सम्मेलनमा प्रमुख अतिथिको रूपमा रतन बहादुर बम उपस्थित भएका थिए, जबकि अतिथिहरुमा नगर ईन्चार्ज दिनेश चदारा र नगर अध्यक्ष प्रेम प्रसाद पाण्डे समेत रहेका थिए। प्रमुख अतिथि बमले पार्टीको भविष्य र विकासका लागि निरन्तर संघर्ष गर्ने आवश्यकता व्यक्त गर्दै आगामी दिनमा पार्टीलाई मजबुत बनाउन सबै सदस्यहरूको सक्रियता र योगदान महत्वपूर्ण हुने बताएका छन्।
सम्मेलनमा नव निर्वाचित वडा कमिटी अध्यक्ष र अन्य पदाधिकारीहरूले स्थानीय तहमा पार्टीको प्रभाव विस्तार गर्न र जनताको भलाइको लागि काम गर्न प्रतिबद्धता जनाएका छन्। यस अवसरमा पार्टीको योजनाहरु र भविष्यका उद्देश्यहरु बारेमा पनि छलफल गरिएको थियो।