आज :

कहिले शुरु हुन्छ सुनिता र बुचको अन्तरिक्षबाट फर्किने प्रक्रिया ?

  • अनलाइन डबली

काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किने बारे  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ ।

सुनिता र बुचलाई लिन गएको स्पेसएक्सको अन्तरिक्ष यान आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेपछि अब नासाले उनीहरुलाई फर्किने प्रक्रिया शुरु हुने जानकारी दिएको हो ।

नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट एजेन्सीको स्पेसएक्स क्रू-९ पृथ्वीमा फर्कने प्रक्रिया नेपाली समय अनुसार मंगलबार बिहानदेखि शुरु हुने बताएको छ ।

नासाले सुनिता र बुचका अलावा अन्तरिक्ष यात्री निक हेग र रोस्कोसमोस अन्तरिक्ष यात्री एलेक्जेन्डर गोर्बुनोभ पनि सँगै फर्किन लागेको जानकारी दिएको छ ।

आइतबार संयुक्त राज्य अमेरिका, जापान र रुसको प्रतिनिधित्व गर्दै चार नयाँ अन्तरिक्ष यात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेका थिए ।

अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर लगभग दश महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् । उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । आठ दिनको मिसनमा रहेका दुवै जना प्राविधिक समस्यापछि अन्तरिक्ष स्टेशनमै बस्नु परेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal