
काठमाडौं । मंगलबार विहान बाट स्ववियु निर्वाचनको देशभरका क्यापसहरुमा मतदान भइरहेको छ । यससँगै नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचनको मतदान प्रक्रिया शुरू भएको छ। बिहान ८ बजेदेखि क्याम्पसका विभिन्न मतदान केन्द्रहरूमा क्याम्पसका विद्यार्थीहरूले आफ्नो मतदान अधिकार प्रयोग गर्दैछन्। यस निर्वाचनमा विद्यार्थी संघका अध्यक्ष र सदस्यहरूको चयनका लागि प्रतिस्पर्धा भइरहेको छ।
क्याम्पसको प्रशासन र चुनावी समितिका अध्यक्षहरूले सुरक्षा व्यवस्थासहित मतदान प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउने दावी गरेका छन्। मतदान स्थलमा युवाहरूको जोश र उत्साह झल्किरहेको छ ।
तस्बिरहरू : बिजेन अमात्य/ नेपाल न्यूज बैंक