आज :

‘नातेदार सेटल’ गराउन बर्मालाई तारे होटलमा पार्वतको सरप्राइज केक

  • अनलाइन डबली

दोलखा । दोलखाको खिम्ती ग्रामीण विद्युत सहकारी सस्था लिमिटेड राजनीतिक दलको दलदलमा फस्दै गएको छ । जिल्लाको तामाकोसी गाउँपालिका किर्नेमा अवस्थित ग्रामीण विद्युत सहकारीमा विशेषत एमाले, कांग्रेस र माओवादीको मोलमोलाईको घनचच्करमा फस्दै जाँदा गत असोज हुनुपर्ने नयाँ कार्यसमितिको निर्वाचन अझै हुन सकेको छैन ।

विशेषत, केआरइसीमा सत्तागठबन्धन भित्रबाट एमाले नेता एवं पूर्व मन्त्री पार्वत गरुङ आफ्ना नातेदार सेटन गराउन जुनसुकै हतकन्ड अपनाउन पछि परेका छैनन् । यसो त उसले जिल्लाका प्राय सवै महत्वपूर्ण विभागहरुमा आफ्ना मान्छेलाई सेटल गराएर कांग्रेसलाई जिल्ल पारेका छन् ।

गुरुङले केआरइसीमा नातेदार धिरज सुवेदीलाई अध्यक्ष बनाउन कांग्रेस फकाइरहेका उनले शनिबार जिल्ला सभापति लामालाई बर्थ डे केक सरप्राइज दिए । जसरी पनि केआरइसीको नेतृत्व हत्याउन सक्रिय उनको सरप्राइज केकले कांग्रेस सभापति लामा दङ्ग छन् । तर, पछिल्लो समय लामा र गरुङ जुनसुकै भोजभतेरमा पनि कुम जोडर सँगै रमाइलो गर्ने उनीहरुको बीचको को निकट सम्वन्धलाई लिएर कांग्रेस र एमाले भित्र विभिन्न अड्कलबाजिहरु हुन थालेका छन् ।

चरिकोटको एक मात्र तारे होटलमा प्रदेश ‘ख’का सांसद भरत केसीे समेतको उपस्थितमा दिएको वर्थ डे सरप्राइज केकले केआरइसीको अध्यक्ष एमालेलाई सुम्पीसकेको आरोप लामालाई लाग्न थालेको छ । सस्था स्थापना भएको २१ वर्षसम्म पनि कांग्रेसको तर्फबाट कसैले नेतृत्व पाएका छन् ।

तर, उर्जा राज्यमन्त्री कान्छाराम तामाङ र बागमती प्रदेश सरकारका अर्थमन्त्री कुन्दनराज काफ्लेको क्षेत्रमा पर्ने सस्थाको अध्यक्ष नै एमालेलाई सुम्पेर लामाले मन्त्री द्धोयलाई नै कमजोर पार्ने रणनीति अपनाएको देखिन्छ । यता, मन्त्री द्धोय तामाङ र काफ्ले यो विषयमा मौन बस्नुले पनि जिल्ला सभापति लामाले आफु अनुकुल थप चलखेल मनमौजी गरिरहेका छन् ।

विपक्षी दलका नेताले सभापतिलाई वर्थ डे केक सरप्राइज गरेर केआरइसीमा अध्यक्षको ललिपप खुवाइरहँदा आफ्ना मन्त्रीहरुले समेत चासो नदिदा प्रभावित क्षेत्रका नेता कार्यकर्ता निराष देखिन्छन् । जिल्लाको राजनीति आफ्नो कावुमा ल्याउन कुटिल चाल चाल्ने एमाले नेता गुरुङले कांग्रेसका पूर्व पार्टी सभापति रुद्रबहादुर खड्कालाई यसरी नै पटक पटक प्रयोग गरेर सिकार बनाएका थिए ।

यतिमात्र होइन, सानुसानु कुरामा फुर्कीहाल्ने र विश्वास गरिहाल्ने हल्काफुल्का स्वभावका लामालाई गुरुङले विभिन्न प्रलोभनमा पारेको हुनसक्ने कांग्रेसका कार्यकर्ताको अनुमान छ । यता, पूर्व सभापति खड्कालाई जसरी नै लामालाई एमालेले दुरुपयोग गर्ने भयो भन्दै कांग्रेस बृतमा चासोको विषय बनेको छ ।

कांग्रेस जिल्ला कार्यसमितिका एक सदस्यले भने, ‘जिल्लामा कांग्रेस अव बलियो हुँदै गएको देखिएपछि पार्वत गुरुङले बर्मा लामाको काँधमा बन्दुक राखेर हाम्रा मन्त्री कुन्दन काफ्लेलाई निशाना बनाएको कुटिल चाल हो । किनकि उसको आगामी प्रतिस्प्रर्धा नै कुन्दनसँग हुनेभएपछि पार्टी सभापतिलाई प्रयोग गर्न खोजिएको हो ।

एमालेको रणनीति हाम्रा सभापतिले बुझ्न जरुरी छ ।’ तथापी, गठबन्धन रहिरहे संघमा आफु उठ्ने र प्रदेश ‘क’ मा लामालाई उम्मेदवार बनाएर जिताउने गुरुङले लामालाई आश्वासन दिएको हुनसक्ने कांग्रेस कार्यकर्ताको अड्कलबाजी छ । २१ वर्ष सम्म कांग्रेसले नपाएको नेतृत्व यसपाली पनि नपाए आगामी दिनमा नेतृत्वमा पाउने सम्भावना नै टरेर जाने स्थानीय नेता कार्यकर्ताको भनाई छ ।

केआइसीमा एमालेबाट चार पटक, माओवादीबाट दुइ पटक नेतृत्व हत्याइसकेका छन् । तर, मन्त्री र पार्टी जिल्ला नेतृत्वले दह्रो खुट्टा नटेक्नाले नेतृत्व गुम्न सक्ने सम्भावना छिन्ह बन्दै गएको छ । पार्टीका स्थानीय नेता कार्यकर्ता भने ल्फोर क्रस गरेर भएपनि नेतृत्व नछोड्ने रणनीतिमा रहेको स्थानीय नेताहरुले बताएका छन् ।

सस्थाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट दोलखा पार्टी संगठन विभाग प्रमुख समेत रहेका केआरइसीका वर्तमान उपाध्यक्ष भुवन केसी, नेपाली कांग्रेस रामेछाप जिल्ला सचिव पूर्व केआरइसी उपाध्यक्ष दिपक खड्का, रामेछाप कांग्रेस नेता नानिबाबु बस्नेत लगाएत छन् भने, एमालेबाट शान्ता केसी, धिरज सुवेदी, प्रकाश कार्की, दिपशिका दाहाल, नारायणध्वज खड्का र माओवादीबाट शेरबहादुर खड्का र उपेन्द्र अधिकारी रहेका छन् ।

स्मरण रहाेस यस अघि पनि नेपाल पत्रकार महासंघ दाेलखा शाखाकाे निर्वाचनमा कांग्रेस पार्टीका सबै नेताले पत्रकार गाेकर्णप्रसाद भण्डारीकाे नाममा अध्यक्ष उठाउनेमा टुंगो गरेपनि अन्तिम समयमा सभापति बर्मा लामा पनि गुरूङकै प्रलोभनमा परेकाे श्राेतकाे दाबि छ । अबस्था यस्ताे थियाे कि पत्रकार भण्डारी बागि उम्मेदवार बनेपनि जित निश्चित थियाे । हालका अध्यक्ष जिल्लाका पत्रकारहरू मध्ये धेरै जुनियर हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal