
काठमाडौं । मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आह्वान गरेका सात वटा टेन्डर रद्द गरेको छ ।
विवादित व्यवसायी विशाल पण्डितले खरिदकर्ता कम्पनीको नामै तोक्न लगाएर निकालिएका टेण्डर रद्द गरिएको हो । खरिद ऐनविरुद्ध केन्द्र र विशाल पण्डितबीच सेटिङमा टेण्टर निकालिएको भन्दै अनलाइन डबलीले समचार प्रकाशित गरेको थियो ।
उक्त समाचारसँगै सरोकारवाला व्यक्तिहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए ।
स्रोतका अनुसार मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहको निर्देशमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विवादमा परेका सातवटै टेण्डर एकैपटक रद्द गरेको हो ।
फागुन १५ को निर्णय अनुसार केन्द्रले टेण्डर रद्द गरिएको सूचना आइतबार प्रकाशित गरेको थियो ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ‘एक्स–रे फिल्म’, ल्याबका लागि आवश्यक ‘रि–एजेन्ट’, ‘पिउने पानी’, ‘इएनटी अपरेटिङ माइक्रोस्कोप एन्ड इएनटी इन्डोस्कोप’, ‘नन् इन्भेजिव हेमाटोग्लोबिनोमिटर मेसिन’, ‘डीआर एन्ड युएसजी मेसिन’ र ‘स्टाइनिङ एन्ड डेस्मियरिङ डिजिटल मोर्फोलोजी, हाइब्रिड युरिन एनालाईजर, कगुलेशन एन्ड पक्ट एनालाईजर’ लगायतका टेन्डर रद्द भएका छन् ।
केन्द्रले टेण्डर रद्द गर्नुको कारण नखुलाएपनि सेटिङमा कम्पनीको नामै नै तोकेर मापदण्ड बनाएको भन्दै चौतर्फी विरोध भइरहेको थियो । अख्तियारमा पनि उजुरी परेपछि सेटिङ गरिएका टेण्डर रद्द गर्न केन्द्र बाध्य भएको बताइएको छ ।
हेर्नुस् यसरी गरिएकाे सेटिङ
सेटिङ नंं. १
केन्द्रले २०२४ डिसेम्बर २३ मा ‘दी प्रक्रुमेन्ट एण्ड डेलिभरी अफ एक्स–रे फिल्म । (प्याकेज–२) खरिदका लागि निकालेको टेण्डरको ठेक्का नं.MP/PHLMC/VCB/GOODS–4.2/2081-082 मा विशाल पण्डितको कम्पनीलाई दिनेगरी मापदण्ड बनाइएको छ । टेण्डरमै ‘ट्रिम्याक्स’ मेसिनकै एक्स–रे फिल्म किन्ने भनिएको छ । यसरी टेण्डरमै कम्पनीको नाम किटान गरिनु खरिद ऐन तथा नियम विपरित र अख्तियारीको दुरुपयोग भएको उजुरीमा उल्लेख छ । यो सिँधै नीतिगत भ्रष्टाचार भएको भन्दै छानविनको लागि माग गरिएको छ ।
सेटिङ नंं. २
केन्द्रले २०२४ डिसेम्बर २३ मा ‘दी प्रक्रुमेन्ट एण्ड डेलिभरी अफ रिऐजेन्ट फर ल्याब (प्योकज–१) खरिदका लागि सूचना निकालेको छ । यो ल्याबको रिएजेन्टको ठेक्का नम्बर ‘MP/PHIMC/NCB/GOODS-2081-082’ को मापदण्डमा पनि विशाल पण्डित एजेन्ट रहेको MINDRAY CLIA MACHINE कम्पनीको नामै उल्लेख गरिएको छ ।
सेटिङ नंं.३
२०२४ डिसेम्बर २४ मा निकालिएको अर्को टेण्डरमा यसैगरी पण्डितकै कम्पनीको नामै किटान गरेर खरिद मापदण्ड बनाइएको छ ।
‘दी प्रक्रुमेन्ट, डेलिभरी एण्ड इन्स्टलेशन अफ आरओ ड्रिकिंङ वाटर’ खरिदको लागि निकालिएको उक्त टेण्डरको ठेक्का नं. MP/PHIMC/NCB/GOODS-7/2081-082 मा मापदण्डमा पण्डित एजेन्ट रहेकै कम्पनी ‘किओस्क
(Kiosk/Canopy)’ भनेर तोकिएकै छ ।
यो सूचनामा अझ अरु कुनैपनि कम्पनीलाई प्रवेश गर्न नदिने गरी दुई बर्ष पहिले सरकारसँग आवेदन पेश गरेको हुनुपर्ने उल्लेख गरिएको छ । जबकी पण्डितको यो कम्पनीले दुई बर्ष पहिले निवेदन दिएको थियो ।
सेटिङ नंं. ४
केन्द्रले २०२४ को डिसेम्बर २४ मै अर्को सेटिङ गरेको भेटिएको छ । माइक्रोस्कोप र इएनटी इन्डोस्कोप खरिदको लागि टेण्डर आह्वान गरिएको यिो । यो माथिल्लो तीनवटा भन्दा ठूलो चलखेल भएको भेटिएको छ । सेटिङमा दुईवटा मेसिन किन्ने बजेटमा एउटै मात्रै खरिद गर्ने सूचना निकालिएको छ ।
यो इएनटी अप्रेटिङ माइक्रोस्कोप एण्ड इएनटी इन्डोस्कोपीको ठेक्का नं. MP/PHLMC-NCB/GOODS-8/2081-082 रहेको छ । जबकी मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक बर्ष २०८१/०८२ को बार्षिक क्रियाकलापहरुको संचालन मार्गनिर्देशनको बुँदा नं. ११ मा ‘इएनटी इन्डोस्कोप र इएनटी माइक्रोस्कप प्रादेशिक अस्पताल जनकपुर र कलैया’ उल्लेख छ । तर केन्द्र र पण्डितको मिलेमतोमा दुईटा मेसिनको बजेट बाँडीचुँडी खान योजना बनाएको देखिन्छ ।
मधेसमा पण्डितकाे बदमासी हेर्नुहाेस्