
कर्नाली करीडोर सडक निमार्णका लागि हालसम्म १ अबै ८२ करोड खर्च भएको छ । यसको भौतिक प्रगति ३२.२७ प्रतिशत हो । अब यो करीडोर निर्माणका लागि ६७.७३ प्रतिशत काम गर्नुपर्ने भएको छ ।
कर्नाली करीडोरको कुल २६८ किलोमिटर सडक निर्माणको अनुमानित लागत ६ अर्ब ६६ करोड १९ लाख रहेको छ । कालीकोट जिल्लाको खुलालुदेखि हुम्ला जिल्लाको हिल्छा नाकामसम्म हाल २६८ किलोमिटर ट्याकमध्ये सिमकोट गापाको वडा नं ६मा पनि खाद्दक र पाँवाडागाउँको खेतीयोग्य जमिनको करीब ७०० मिटर भाग मात्र खन्ने काम बाँकी रहेको जानकारी हिल्छा सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिएका छन् ।
लुम्बिनी प्रदेश, बाँके जिल्लाको जमुनाबाट कर्नाली प्रदेश, हुम्ला जिल्लाको हिल्छासम्म निर्माण हुने राष्ट्यि गौरबको उत्तर दक्षिण तीन देश जोड्ने त्रीदेशीय राजमार्ग हो । यो सडकले भारत, नेपाल र चीन तीन देशलाई सडकको रेखाले छुने वा जोड्ने काम गरेको छ ।
यो सडकको निर्माण भएपछि कर्नाली प्रदेशको उत्तरी प्रवेश बिन्दु हुम्लाका लागि समृद्धिको आधार खुल्ने पत्रकार नरजन तामांगको भनाई रहेको छ ।
यो सडकको रेखाले ऐतिहासिक कर्नालीको वैभब, समृद्धि र सम्पन्नतालाई फेरी एक पटक पुर्नजागरणको अवस्थामा ल्याउने आशा र अपेक्षा गरिएको छ ।