News Portal

  • तेल ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु

    १३९ पटक

    काभ्रे । शुक्रबार साँझ भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको छ ।

    हेटौंडा घर भएका ३० वर्षिय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।

    धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना ७ ख ३७६० नं.को डिजेल बोकेको ट्याङ्कर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

    प्रतिकृया दिनुहोस्