काठमाडौँ । मधेस प्रदेशको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा. राजीव कुमार झाको काज फिर्ता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको निर्देशनमा सचिवस्तरिय निर्णयबाट काज फिर्ता गरिएकाे हाे ।
डा. झाले अमुक व्यवसायीको हितमा काम गरेको भन्दै विरोध हुँदै आएको थियो । विवादित व्यवसायी विशाल पण्डितको कम्पनीले मात्रै ठेक्का पाउने गरी खरिद मापदण्ड बनाएकाे समाचार अनलाइन डबली डटकमले प्रकाशित गरेको थियो ।
डा. झाले सेटिङ गरेको भन्दै चौतर्फी विरोध भएपछि मधेस प्रदेश स्वास्थ्य मन्त्रिस्तरिय निर्णयबाट (IFB NO.MP/PHLMC-NCB-GOODS-12/2081-2082) नम्बरको ठेक्का स्थगित गरिएको छ ।
यही माघ ८ गते प्रक्रिया र टेक्निकल स्पेशिफिकेशन विवादमा परेको भन्दै सम्पूर्ण कागजातहरु मन्त्रालय पठाउने आदेश पनि दिइएको छ । साथै, अर्को आदेश नभएसम्म ठेक्कासँग सम्बन्धी काम अगाडि नबढाउन पनि मन्त्रालयले भनेको छ ।
कोशी अस्पताल विराटनगर कार्यरत डा. झा को काज फिर्ता भएसँगै मधेसमा पण्डितको ‘सेटिङ’ भत्किएको बताइएको छ । पण्डितका कम्पनीले मात्रै ठेक्का पाउनेगरी खरिद मापदण्ड बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।
कामकाजको लागि केन्द्रमा पुगेपछि डा. झा ले स्वास्थ्य सामाग्री खरिदमा पण्डितको हितमा काम गरेको भन्दै कर्मचारीबाटै विरोध हुँदै आएको थियो । डा. झा पण्डिकै पहलमा केन्द्रमा पुगेकाे आरोप लाग्दै आएको थियो । उनले आफूलाई कसैले हल्लाउन नसक्ने भन्दै मनपरीरुपमा खरिद मापदण्ड बनाउँदै पण्डितलाई पोस्दै आएका थिए ।
बायोमेडिकल इन्जिनियर बन्दना मिश्र पनि पण्डितकै पहलमा पुगेकी थिइन् । निर्देशक र बायोमेडिकल इन्जिनियरको मिलेमतोमा खरिद ऐन विपरित मापदण्डमै पण्डितको कम्पनीको नाम उल्लेख गर्दै आएका एि । डा. झा पुनः केन्द्रमा आउन पाएनन् भने मधेसमा लामो समयदेखि पण्डितले गर्दै आएको सेटिङ भत्किएको स्रोतले बतायो । डा. झा काज फिर्तालाई रोक्न दौडधुपमा लागेको स्रोतको दाबी छ ।
याे पनि पढ्नुहाेस्