आज :

मधेस प्रदेशको आपूर्ती केन्द्रमा अहिलेसम्मकै ठूलो सेटिङ, विशाल पण्डितले मात्रै पाउने गरी मापदण्ड

  • अनलाइन डबली

काठमाडौँ । मधेस प्रदेशको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्दले खरिदका सम्पूर्ण काम एकजना व्यवसायीलाई दिनेगरी सेटिङ गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।

आर्थिक बर्ष २०८१/०८२ मा हुने सम्पूर्ण खरिदका कार्य विवादित व्यवसायी विशाल पण्डितलाई दिनेगरी केन्द्रले नीतिगत रुपमै भ्रष्टाचार गरेको भन्दै छानविनको लागि अख्तियारमा उजुरी दिइएको हो । केन्द्रले यसअघि गरेका नीतिगत भ्रष्टाचारलाई अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रले सही ढंगबाट छानबिन नगर्दा केन्द्रले अहिलेसम्कै ठूलो नीतिगत भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ ।

सूचना निकालेका र प्रक्रियामा रहेका सम्पूर्ण खरिद कार्य पण्डितले पाउने गरी खरिद ऐन विपरित कम्पनीको नामै किटान गरेर मापदण्ड बनाएको कर्मचारीहरुले उजुरीमा उल्लेख गरेका छन् ।

सेटिङ नंं. १

केन्द्रले २०२४ डिसेम्बर २३ मा ‘दी प्रक्रुमेन्ट एण्ड डेलिभरी अफ एक्स–रे फिल्म । (प्याकेज–२) खरिदका लागि निकालेको टेण्डरको ठेक्का नं.MP/PHLMC/VCB/GOODS–4.2/2081-082 मा विशाल पण्डितको कम्पनीलाई दिनेगरी मापदण्ड बनाइएको छ । टेण्डरमै ‘ट्रिम्याक्स’ मेसिनकै एक्स–रे फिल्म किन्ने भनिएको छ । यसरी टेण्डरमै कम्पनीको नाम किटान गरिनु खरिद ऐन तथा नियम विपरित र अख्तियारीको दुरुपयोग भएको उजुरीमा उल्लेख छ । यो सिँधै नीतिगत भ्रष्टाचार भएको भन्दै छानविनको लागि माग गरिएको छ ।

सेटिङ नंं. २

केन्द्रले २०२४ डिसेम्बर २३ मा ‘दी प्रक्रुमेन्ट एण्ड डेलिभरी अफ रिऐजेन्ट फर ल्याब (प्योकज–१) खरिदका लागि सूचना निकालेको छ । यो ल्याबको रिएजेन्टको ठेक्का नम्बर ‘MP/PHIMC/NCB/GOODS-2081-082’ को मापदण्डमा पनि विशाल पण्डित एजेन्ट रहेको MINDRAY CLIA MACHINE कम्पनीको नामै उल्लेख गरिएको छ ।

सेटिङ नंं.३

२०२४ डिसेम्बर २४ मा निकालिएको अर्को टेण्डरमा यसैगरी पण्डितकै कम्पनीको नामै किटान गरेर खरिद मापदण्ड बनाइएको छ ।

‘दी प्रक्रुमेन्ट, डेलिभरी एण्ड इन्स्टलेशन अफ आरओ ड्रिकिंङ वाटर’ खरिदको लागि निकालिएको उक्त टेण्डरको ठेक्का नं. MP/PHIMC/NCB/GOODS-7/2081-082 मा मापदण्डमा पण्डित एजेन्ट रहेकै कम्पनी ‘किओस्क
(Kiosk/Canopy)’  भनेर तोकिएकै छ ।

यो सूचनामा अझ अरु कुनैपनि कम्पनीलाई प्रवेश गर्न नदिने गरी दुई बर्ष पहिले सरकारसँग आवेदन पेश गरेको हुनुपर्ने उल्लेख गरिएको छ । जबकी पण्डितको यो कम्पनीले दुई बर्ष पहिले निवेदन दिएको थियो ।

सेटिङ नंं. ४

केन्द्रले २०२४ को डिसेम्बर २४ मै अर्को सेटिङ गरेको भेटिएको छ । माइक्रोस्कोप र इएनटी इन्डोस्कोप खरिदको लागि टेण्डर आह्वान गरिएको यिो । यो माथिल्लो तीनवटा भन्दा ठूलो चलखेल भएको भेटिएको छ । सेटिङमा दुईवटा मेसिन किन्ने बजेटमा एउटै मात्रै खरिद गर्ने सूचना निकालिएको छ ।

यो इएनटी अप्रेटिङ माइक्रोस्कोप एण्ड इएनटी इन्डोस्कोपीको ठेक्का नं. MP/PHLMC-NCB/GOODS-8/2081-082 रहेको छ । जबकी मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक क्रियाकलापहरुको संचालन मार्गनिर्देशनको बुँदा नं. ११ मा ‘इएनटी इन्डोस्कोप र इएनटी माइक्रोस्कप प्रादेशिक अस्पताल जनकपुर र कलैया’ उल्लेख छ । तर केन्द्र र पण्डितको मिलेमतोमा दुईटा मेसिनको बजेट बाँडीचुँडी खान योजना बनाएको देखिन्छ । यसअघि कमिसन र सेटिङ नमिल्दा यो टेण्डर रद्ध गरिएको थियो ।

यसरी कुनै अमुक कम्पनीसँग सेटिङ गरेर राज्य कोषको दुरुपयोग गरेको भन्दै प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधन प्रसाद सिंह, सचिव डा. सञ्जय ठाकुर, केन्द्रका निर्देशक डा. राजिव झा, बायोमेडिकल इन्जिनियर बन्दना मिश्रमाथि छानविन गरी कारवाहीको माग पनि गरिएको छ । त्यस्तै, ठूलो कमिसनको लोभ देखाएर आफ्नो फाइदाको लागि राज्य कोषको दुरुपयोगमा संलग्न हुँदै आएका पडितमाथि पनि छानिवनका माग उजुरीमा गरिएको छ ।

मन्त्रालयका कर्मचारीले दिएको उजुरीमा विगत पाँच बर्षदेखि हालसम्मका सबै मन्त्री, केन्द्रका निर्देशकहरुले सेटिङमा राज्यलाई ठूलो नोक्सानी गरेको भन्दै छानविनको माग समेत गरिएको छ ।

अख्तियारकाे दर्ता नं. सी–०४०९७१ को उजुरीमा पण्डितले यो सबै सेटिङ सिंहदरबार नजिकै रहेको आफ्नो होटेलमा सम्बन्धीत कर्मचारीलाई खानपिन गराएर गर्ने गरेको आरोप पनि छ । उक्त होटलमै बसेर खरिद मापदण्ड बनाउने समेत उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal