काठमाडौं । पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी २६ को मृत्यु भएको छ ।
आज (आइतबार) बिहान भएको दुर्घटनाका कारण अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिएका छन् ।
स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेको बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् । घटनाबारे अनुसन्धान भैरहेको बताइएको छ ।