आज :

क्रिकेट मैदानका कर्मचारीलाई ‘मनसरा’को एक लाख सहयोग

  • अनलाइन डबली

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ टिमले हालै सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भएको ५ खेलको सिरिजमा कीर्तिपुर क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख रुपैंयाँ सहयोग गरेको छ ।

फिल्म र खेलकुदबीच सहकार्य तथा एकअर्का प्रर्वद्धन गर्ने हेतुले फिल्म टिमले क्यानसँग सहकार्य गरी कर्मचारीलाई १ लाख सहयोग गरेको हो ।

फिल्मका निर्माता शैलेन्द्र डी कार्कीले आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफुहरुले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको बताए ।

‘हाम्रो प्राथामिकतामा जहिले पनि पर्दा पछाडिका मान्छे पर्छन् र उनीहरुलाई प्रोत्सानको जरुरी रहने भएकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको हो’, उनले भने ।

फिल्म ‘मनसरा’ कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म हो । फिल्मले वर्ड अफ माउथ राम्रै पाइरहेको छ । फिल्मको कथा पनि स्वंयम् निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।

फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal