आज :

अशोक राई पक्षका ९ जना सांसद्सहित फुट्यो जसपा

  • अनलाइन डबली

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल(जसपा) का अधक्ष्य उपेन्द्र यादव र संघीय परिषद अध्क्षय् असोक राइले छुट्टाछुट्टै पार्टीको नेतृत्व गर्ने भएका छन्। यादव र राईबीच वर्तमान सरकारमा रहने वा नरहने बीच विवाद चर्किदा जसपा नेपाल दोस्रो पटक फुटेको हो। असन्तुष्ट पार्टीका वरिष्ठ नेता राईको समूहले पार्टीभित्र  बढ्दै गएको असन्तुष्टिका कारण  फुटाएका हुन्। हाल संघीय संसदमा १२ जना सांसद छन्। राई पक्ष  संग  ९ जना सांसद् रहेका छन ।

२०७२ जेठ ३२ गते यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीबीच पार्टी एकता भएको थियो। एकतापछि नयाँ पार्टीको नाम संघीय समाजवादी फोरम, नेपाल राखिएको थियो। पार्टीका अध्यक्ष थिए, यादव अनि वरिष्ठ नेता थिए राई। समयक्रमसंगै हाल यादव नेतृत्वको पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल(जसपा) छ। यादव र राईबीच वर्तमान सरकारमा रहने वा नरहने बीच विवाद चर्किदा जसपा नेपाल दोस्रो पटक फुटेको हो।

असन्तुष्ट राई समूहले आइतबार आज नै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। नयाँ दलको नाम जनता समाजवादी पार्टी(जसपा) प्रस्ताव गरिएको छ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal