आज :

कोलकाता आइपीएलको शीर्ष स्थानमा

  • अनलाइन डबली

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा पुगेको हो । उसले ११ खेलबाट १६ अंक बनाएको छ ।

कोलकाता माथि उक्लिएपछि आइपीएल अंक तालिकाको पहिलो स्थानमा रहेको राजस्थान रोयल्स दोश्रो स्थानमा झरेको छ । तर राजस्थानले १० खेलमात्रै खेलेको छ । ११ खेल नै खेलेको चेन्नई सुपर किंग्स अंक तालिकामा तेश्रो स्थानमा रहेको छ ।

गएराति कोलकाताले लखनउमाथि उसकै घरेलु मैदानमा ९८ रनको फराकिलो जित हात निकालेको हो । कोलकाताले २३६ रनको लक्ष्य प्रस्तुत गरी लखनउलाई १६.१ ओभरमै अल आउट गरेको थियो भने अल आउट हुनुअघि लखनउले १३७ रन बनाएको थियो ।

मार्कस स्टोइनिसले ३६ रन र कप्तान केएल राहुलले २५ रनमात्रै बनाएका थिए । कोलकाताले आयुष बदोनीलाई १५ रनमा, निकोलश पुरनलाई १० रनमा र एस्टोन टर्नरलाई १६ रनमा आउट गरेको थियो । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ कोलकाताका हर्षित राणा र वरूण चक्रवर्थीले समान ३÷३ विकेट लिए । आन्द्रे रसेलले २ तथा मिचेल स्टार्क र सुनिल नारायणले १÷१ विकेट लिए । पहिले ब्याटिङ गरेको कोलकाताले ६ विकेट गुमाएर २३५ रन जोडेको थियो । त्यसका लागि सुनिल नारायणले सर्वाधिक ८१ रन बनाए । उनले ३९ बलमा ६ चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै फिल सल्टले १४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३२ रन जोडे । अंक्रुश रघुवंशीले ३२ रन, रमनदीप सिंहले २५ रन, श्रीयश ऐयरले २३ रन र आन्द्रे रशेलले १२ र रिंकु सिंहले १६ रन जोडे । बलिङतर्फ लखनउका नवीन उल हकले ३ तथा यश ठाकुर, रवी बिस्नोई र युधविर सिंहले १÷१ विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal