आज :

बुद्ध ज्ञानको गहिराई बुझाउँदै भन्ते सुमंगलम र थाई आचार्य बोरिहानवनाखेट, विश्वभरबाट बुद्धिस्ट नेपालमा

  • अनलाइन डबली

काठमाडौं । नेपलका भन्ते सुमंगलम र थाई बुद्ध धर्माचार्य आझान सुजिन बेरिहनवनाखेटले बुद्धको ज्ञानको गहिारई बारे बुझाउन काठमाडौं, लुम्बुनी र पोखरामा अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । बिहिबार थाइल्याण्ड लगायतका विभिन्न देशबाट नेपाल आएका उनिहरुले काठमाडौंको बौद्धमा कार्यक्रम गरि सो जानकारी गराएका हुन् ।

थाईल्याण्डकी ९८ वर्षिय बुद्ध धर्माचार्य बेरिहनवनाखेटले जीवनभर बुद्ध धर्मको महत्व बारे जानकारी दिदै आएको र अजको समयमा अझ बढी यस ज्ञानको चर्चा जरुरी रहेको बताईन् । गौतम बुद्धको जन्म थालो नेपालमा टेकेर अन्तरक्रियात्मक कार्यक्रम मार्फत बुद्ध ज्ञान बारे बुझाउन खोजेको धारणा राखिन् । आम मानिसले पुस्तक पढेर, पर्वचन सुनेर ज्ञान लिदै आएपनि प्रश्न–उत्तर अर्थात अन्तरक्रियात्मक तरिकाले यसको अभ्यास गर्दा बुझ्न सहज हुने बताईन् ।

मानिसहरु संसारिक तथा गृहस्त जीवनको दैनिकीमा हराईरहँदा बुद्धका अमुल्य बाँणी र ज्ञानलाई ब्यबहारमा तथा आत्मसाथ गर्नबाट चुकिरहेको बताउँदै बोरिहानवनाखेटले भनिन्,“अहिलेका मानिसहरु देखेको,सनेको तथा ज्ञानेन्द्रीयहरुले महसुस गरेका कुरालाई सत्य मानिरहेका छन्, तर भगवान बुद्धले सत्य त्यसभन्दा पनि गहिराईमा रहेको बताउनु भएको छ ।” ‘यो संसारमा हरेककुरा पलपल निर्माण र विनाश भइरहेको छ र मानव जीवन पनि निर्माण र विनासको एको अंस हो, यसको बोध भएको दिन मानिसले बुद्ध बाँणीको सार बुझ्ने छ ।’ उनले अगाडी थपिन् ।

भन्ते सुमंलमले गौतम बुद्धको पवित्र भूमि नेपालमा विश्वभरका बुद्ध धर्मालम्बीहरुले पाईला टेक्न र ज्ञान लिन खोजेकोले त्यस्तो वातावरण बन्नु पर्ने धारणा राखे । आफूले पहिलो चरणमा नेपालका काठमाडौं,पोखरा र लुम्बिनीमा सो अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको बताए । विश्वभरका बुद्धमार्गीहरुको आकर्षण केन्द्र नेपालमा बुद्ध धर्मको अझ बढी महत्व रहेको पनि बताए ।

बेरिहनवनाखेटले दिने पर्वचनमा सहभागी हुन उनका अनुयाईहरु थाईल्याण्ड, फ्रान्स, अमेरीका, भियतनाम,कम्बोडिया र लावस लगायतका देशबाट नेपालमा आएको पनि जानकारी सुमंलमले बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal