आज :

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीलाई कार्यालय आवतजावत गर्न कर्मचारीबाटै रोक

  • अनलाइन डबली

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीलाई कार्यालयमा आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ ।

टेलिकममै कार्यरत कर्मचारीहरुले संस्थाभित्र मौलाएका बेथितिको मुख्य संरक्षक नै पहाडी बनेको भन्दै कर्मचारीले आवातजावतमा अवरोध पुर्याएका हुन् ।

नेपाल टेलिक वर्कर्श युनियनका उपाध्यक्ष रोशन बजगाईका अनुसार संस्थामा कार्यरत युनियनहरुको संयुक्त रुपमा बैशाख १४ गतेबाट पहाडीको कार्यकक्ष बाहिर धर्ना दिँदै आएका छन् । उनले आफूले पहिलो चरणको कार्यक्रम जारी राखेको बताउँदै पहाडीले सुधारको सुरुवात नगरे दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने बताए ।

आफूहरुले राखेका विषयमा कुनै सुनुवाई नै नगरेकाले आन्दोलनको स्तरवृद्धि गर्दै पहाडीको राजीनामासम्मको संघर्ष चर्काने संगठनका नेताहरुले बताएका छन् ।

नेपाल टेलिकममा क्रियाशील नेपाल टेलिकम वर्कर्श यूनियन, राष्ट्रिय कर्मचारी संगठन (नेपाल टेलिकम), नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन लगायतले पहाडीविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal