Dabali News

राष्ट्रवादी युवा मुन्‍नाले फेसबुकमा लाइभ गरेर आत्महत्या गरे, यस्तो छ लाइभ भिडियो

२८ असार

काठमाडौँ । भारतीय संचारमाध्यमहरुमा एउटा युवाले फेसबुकमा लाइभ गरेर आत्महत्या गरेको भिडियोले सनसनी मच्चाएको छ । त्यसैगरी सामाजिक संजालहरुमा उक्त भिडियो भाइरल नै भएको छ । उनको बुधबार बिहान ४ बजे फेसबुकमा लाइभ गरेका थिए ।

भारतको आगरामा एक मुन्ना कुमार नाम गरेका युवकले आफ्नो कोठामा झुण्डीएर आत्महत्या गरेका हुन् । प्राण त्याग्नु अगि उनले फेसबुकमा आफु आत्महत्या गर्नलागेको जानकारी गराएका थिए । फेसबुकमा लाइभ गरेको कारण धेरैलाई उनको बारेमा थाहा हुन पुगेको थियो । तर उनले कोठमा कोही नपुग्दै आत्महत्या गरिसकेको स्थानीय प्रहरीले जनाएको छ ।

भिडियोमा मुन्नाले ‘सुसाइड नोट’ समेत देखाएका छन् । साथै, उनले आत्महत्या कसैको दवावमा नभएकोले परिवारलाई केही नगर्न प्रहरीलाई आग्रह मुन्नाले गरेका छन् । उनी बीएससी तृतीय वर्षको अध्ययन गरिरहेको बताइएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार अध्ययनसँगै मुन्नाले मजदूरी पनि गर्ने गर्थे । लाइभ गर्ने समयमा उनले सर्ट लगाएका थिएनन् तर आत्महत्या गर्नु भन्दा अगाडि सर्ट लगाएको देखिएको छ ।

मुन्नाको बारेमा विस्तुत विवरण सार्वजनिक नभएपनि उनी क्रान्तिकारी युवा भएको बताइएको छ । उनको कोठामा प्रहरीले भारतका क्रान्तिकारी सहिदहरुको फोटोहरु भेटाएको छ । त्यसैगरी क्रान्तिकारी कथा भएका केही पुस्ताक पनि प्रहरीले बरामद गरेको छ । यसका आधारमा भारतीय केही संचारमाध्यमहरुले उनी क्रान्तिकारी र राष्ट्रवादी युवा भएको समाचारमा उल्लेख गरेका छन् ।

मुन्नाले आफू सेनामा भर्ति भएर सीमामा गएर देशको लागि लड्न चाहेको तर त्यो पूरा नभएपछि आत्महत्या गरेको बताएका छन् । प्रहरीले उनको कोठाबाट उनको झुन्डिएको शरीरसँगै सुसाइड नोट बरमाद भएको छ ।

आत्महत्याको लाइफ गरिरहेको बेला धेरैले त्यो नगर्न भनेका थिए तर कसैको कुरा नसुनेर उनी रसीमा झुण्ड्एिका थिए ।

भिडियो 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]