Dabali News

विश्वकप फुटबलमा इङ्ल्यान्ड र क्रोएसिया बालियो

२७ असार

काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज (बुधबार) राती इङ्ल्यान्ड र क्रोएसिया भिड्ने भएका छन् ।

यो खेल रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा आज राति पौने १२ बजे सुरु हुने छ । क्वाटरफाइनलमा आयोजक रुसलाई हराउँदै क्रोएसिया तथा स्विडेनलाई हराउदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

आजको विजेताले आइतबार राती सोही रंगशालामा फ्रान्ससँग उपाधिका लागि खेल्ने छ । सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड दोस्रो उपाधिको खोजीमा छ । ग्यारेथ साउथगेटले टोलीको प्रशिक्षण समालेयता उसले उत्कृष्ट लय देखाउँदै आएको छ । जारी प्रतियोगितामा समुह चरणको खेलमा बेल्जियमसँग पराजित भएको इङ्ल्यान्डले बाँकी सबै खेल जितेको छ ।

उता क्रोएसिया पनि दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । सन् १९९८ को विश्वकपमा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको क्रोएसिया आज फाइनलमा पुग्दै नयाँ इतिहास रच्न चाहन्छ ।

रियाल मड्रिडका लुका मोड्रिच र बार्सिलोनाका ईभा राकिटिच जस्ता मिडफिल्डरहरुले क्रोएसियन टोलीलाई विश्वस्तरका बनाएका छन् ।
२ टोलीहरुको हेड टु हेड रेकर्ड हेर्दा इङ्ल्यान्ड बलियो देखिन्छ । २ टोली एक आपसमा ८ पटक भिडे जसमा इङ्ल्यान्ड ४ पटक विजयी भएको छ भने क्रोएसिया २ पटक विजयी भयो भने बाँकी २ खेल बराबरीमा सकिएको थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]