Dabali News

अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०७४ युनेस्कोका प्रतिनिधि मेनहर्टलाई प्रदान

१९ असार

काठमाडौं । डा.डिल्लीरमण रेग्मी प्रतिष्ठानले इतिहास, संस्कृति तथा पुरातत्वविद हरेराम जोशीलाई डा.डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार तथा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिष्टियन मेनहर्टलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार-२०७४ प्रदान गरिएको छ ।

रेग्मी राष्ट्रिय शान्ति पुरस्कारको राशि १ लाखसहित सम्मानपत्र भने रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कारमा गौतम बुद्धको मूर्तिसहित सम्मान पत्र रहेको छ । आज आयोजना गरेको कार्यक्रममा ती पुरस्कार वितरण गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हरेक क्षेत्रमा अध्ययन तथा अनुसन्धानविना राष्ट्र अघि बढ्न नसक्ने बताउँदै किताब पढ्ने संस्कृति बढाउन सरकारले १० बुंँदे मार्गचित्र ल्याएको बताए ।

मन्त्री पोखरेलले गत वर्ष एसइई परीक्षाफलमा मानवीय तथा प्राविधिक त्रुटि भएकाले गम्भीर हुनुपर्नेमा जोड दिए । उनले माथेमा आयोगको प्रतिवेदनको मूल मर्मलाई जोगाएर सरकारले शिक्षा क्षेत्रको समस्या समाधान खोजेको बताए ।

मन्त्रालयका सचिव खड्गराज बरालले प्रतिष्ठानले शान्ति र शिक्षा क्षेत्रमा गरेको योगदान अविष्मरणीय रहेको बताउँदै । पुरस्कृत व्यक्तित्व जोशीले गौतमबुद्ध र महात्मा गान्धीका अनुयायी तथा शान्तिका पक्षपाती डा डिल्लीरमण रेग्मीको योगदान देशले सधैँ सम्झिरहने बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]