Dabali News

एसपी घिमिरे भूमाफियाको प्रभावमा ! सुकुम्वासीलाई हटाए प्रतिरोध गर्ने नेकपाको चेतावनी

१० असार

कैलाली । प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरे यहाँका भू–माफियाको प्रभावमा परेको पाइएको छ । प्रभावमा परेर उनी भूमिविहीन नागरिक सुकुम्बासीलाई जिल्लाका विभिन्न स्थानमा बसोबास गरी जीवन गुजरा चलाइरहेका ठाउँबाट विस्थापित गराउन सक्रिय भएर लागेका छन् ।

घिमिरेमाथि प्रहरीको फरार सूचीमा परेका पोखराका भू–माफिया शंकर कार्की र माफियाका एजेन्ट कालीबहादुर खामको योजनामा परिचालित भएको समेत आरोप लागेको छ । सुकुम्वासीलाई विस्थापित गराउन कार्की र खामकाे याेजना सफल बनाउन उनी मुख्य पात्रको रुपमा अगाडि देखिएका छन् ।

कैलालीको हरैयाका सुकुम्बासी बस्तीमा हतियारसहितको प्रहरी टोली परिचालन गरी बस्ती मेटाउने माफिया खाम र कार्कीको योजनालाई एसपी घिमिरेले साथ दिँदै प्रहरी खटाएका छन् । घिमिरे स्वयंले सुकुम्बासी शिबिर संरक्षणका अगुवालाई धाम्की दिने र झुठा मुद्दाको त्रास देखाई आतंकित तुल्याउने काम गरिरहेको सुकुम्वासीले बताए ।

नागरिकको गाँसबासको सुरक्षा दिने प्रहरीका उच्च अधिकारी नै गलत अभियोगको धम्की देखाएर गलत हकर्तमा उत्रनुले सुकुम्वासीहरु अचम्मित बनेका छन् । उनीहरुले सरकारसँग आफूहरुको सुरक्षाको माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामलाल तिवारी घिमिरेको कार्यशैलीप्रति असन्तुष्ट भएले ७ नम्बर प्रदेशका पूर्वमाओवादी केन्द्रका नेताहरुले गृहसँगको समन्वयमा सीडीओ तिवारीलाई सरुवा गराएका थिए । सरुवा गराउन सांसद लेखराज भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए । भट्ट सुकुम्वासीलाई लेखेट्ने योजनाकारमध्येका हुन् । अहिले भट्टको भूमाफिया र दलाल गिरोहसँगको सम्बन्ध देखेर पूर्व एमालेका नेताकार्यकर्तामा असन्तुष्ट बढ्दै गएको बताइन्छ ।

भट्ट, माफिया र जिल्लाका पूर्वमाके कार्यकर्ताको कार्यशैलीप्रति जिल्लाका प्रहरी प्रशासनसमेत रुष्ट भएको बताइएको छ । घिमिरेको उठबस देखेरै प्रहरीभित्र व्यापक असन्तुष्टी पैदा भएको स्रोतले बतायो । एसपी घिमिरेमाथि थुपै्र आरोप लागेका छन् । साथै मिटर ब्याज उठौती, ढुकुटी, दृस्टिबन्दगी लगायत गैरकानूनी धन्दाको संरक्षरणमा लागेको आरोप छ ।

त्यस्तै जिल्लाको भारतीय सीमानाबाट हुने तस्करीप्रति आर्थिक सम्बन्धमा परी मौन बसेको गम्भीर आरोप लगाउँदै बसोबास गरिरहेको स्थान कदापि नछाड्ने अडान हरैयाका सुकुम्वासीहरुको छ । उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हरैयाका सुकुम्वासीलाई हटाउने षडयन्त्र गरिए प्रतिरोध गर्ने चेतावनी दिँदै अाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]