Dabali News

झुठा मुद्दा खारेजीको माग गर्दै क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा आन्दोलन घोषणा

१८ जेठ

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आफ्ना नेता कार्यकर्तालाई सरकारले झुठा मुद्दा लगाएर गिरफ्तार गरेको भन्दै चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेताहरुलाई सरकारले जेल हाल्न नराेकेपछि आक्रोशित बनेका मजदुरहरुले अान्दोलनमा सहभागी जनाउने र नेताहरुलाई रिहा गराइ छाड्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी र सदस्यहरुसहित बसेको बैठकले सो निर्णय गरेको हो । सरकारले अधिकारको लागि शान्तिपूर्ण संघर्ष गरिरहेका बेला मजदुर नेता र कार्यकर्तालाई गलत आरोप लगाई गिरफ्तार गर्ने र झुठा मुद्दा चलाएर जेल हाल्ने काम सरकारले नरोकेको जनाउँदै उनीहरुले आक्रोश पोखेका छन् ।

महासंघका अध्यक्षसहित मजदुर नेताहरुलाई तत्काल रिहाईको माग राख्दै जेठ १९ अर्थात भोलि शनिबारदेखि असार १८ गतेसम्म एक महिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । यस अवधिमा साना–ठूला किसिमका आन्दोलनका कार्यक्रमहरु दिने बैठकमा सहभागी एक सदस्यले बताए । साथै संगठानिक र जनजागरण अभियान पनि यसैसाथ लैजाने  निर्णय समेत बैठकले लिएको छ ।

यसअघि मजदुरहरुले निर्दोष कार्यकर्ता र नेतालाई रिहा गर्न शान्तिपूर्ण आन्दोलनका गतिविधि गर्नदिन प्रेस विज्ञप्तिमार्फत अपिल गर्दै आइरहेका छन् । सरकारले अपिलको बेवास्ता गरेपछि आफूहरुले आन्दोलनमा जान बाध्य भएको महासंघका उपाध्यक्ष विजयराज प्यासीले बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर मजदुर नेताहरुकाे तत्काल बिना सर्त रिहा गर्न र अटेर गरे प्रतिवाद गर्ने चेतावनी दिइसकेका छन् ।

बैशाख २५ गते म‌गलबार अनामनगरस्थित संवाद डबलीमा महास‌घकै अायोजनामा पत्रकार सम्मेलन गरिरहेकै बेला महासंघ अध्यक्ष अमर झाँक्री ‘संजीव’लाई सिंहरदरबार प्रहरीले गिरफ्तार गरी हिरासतमा राखिराखेको छ । झाँक्रीसहित ११ जना गिरफ्तार गरिएकामध्ये झाँक्रीबाहेक अन्यस सबैलाई सर्वोच्च अदालतको आदेशमा रिहा भइसकेका छन् । सँगै रिहा भएका अध्यक्ष झाँक्रीलाई भने रिहालगत्तै सर्वोच्च अदालत परिसरबाटै पुनः गिरफ्तार गरी रोल्पा पुर्याई त्यहाँको जिप्रकाको हिरासतमा राखिएको छ । उनीमाथि झुठा मुद्दा लगाइएको उपाध्यक्ष प्यासीले बताए । झाँक्री ‘संजीव’ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत हुन् ।

त्यस्तै महासंघका केन्द्रीय सदस्य टुंगनाथ तिमल्सिनालाई झुठा अाराेपमा मकवानपुर प्रहरीले गिरफ्तार गरी हेटाैंडामा राखिएको छ । दर्जन कार्यकर्ता झुठा अभियोगका बन्दी बनाइएको महासंघले जनाएको छ ।

झुठा मुद्दा लगाएर फसाउन खोजिएको भन्दै बैठकले झाँक्री र तिमल्सिना लगायत सम्पूर्ण नेता कार्यकर्तालाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको प्यासीले जानकारी दिए । मागबारे सरकार मौन बसे प्रतिवादको तहसम्म आन्दोलन जान सक्ने चेतावनी उनले दिए । ‘दलाल संसदीय सरकारले मजदुर नेता तथा कार्यकर्ता र समर्थकलाई बिनाकारण कष्टडीमा राखेर जनताको आन्दोलनलाई तर्साउने कुचेष्टा गरेको छ । त्यो सफल हुनेछैन । फासीवादी हर्कत रोक्न सरकारसँग माग गर्छौं’ अनलाइन डबलीसँग कुरा गर्दै प्यासीले भने ‘अन्यथा, प्रतिवाद गर्न बाध्य हुन्छौं त्यसबाट उत्पन्न परिणामको जिम्मा सरकारले लिनुपर्छ ।

कार्यक्रमअनुसार भोलि जेठ १९ गते सम्पूर्ण जिल्लाहरुमा विरोध र कोण सभा, औद्योगिक क्षेत्रमा कालो व्यानर र कालो झण्डा गाड्ने प्रदर्शन गर्ने रहेको छ । त्यसपछिका दिनहरुमा अन्तक्र्रिया कार्यक्रम संचालन तथा ठूला कार्यक्रमहरु लैजाने जनाइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]