आज :

डा. निरजलाई जिम्मेवारीबाट हटाउने निर्णयः सुदूरपश्चिममा विशाल पण्डितको सेटिङ भत्किँदै

  • अनलाइन डबली

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । विहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयले अर्याललाई जिम्मेवारीबाट गर्ने निर्णय गरेको हो ।

मेडिकल सप्लायर विशाल पण्डितलाई काम दिन खरिद ऐन विपरित ‘स्पेक लक’ गरेर सूचना प्रकाशित गरेसँगै डा. अर्याल विवादित बनेका थिए । सुदूरपश्चिम प्रदेशका विभिन्न चार अस्पतालको फोहोर व्यवस्थापन सम्बन्धी उपकरण खरिद प्रक्रियामा पण्डित र डा. अर्यालको मिलेमतो भएको पहिलो पटक अनलाइन डबलीले खुलासा गरेको थियो । यो विषय संसद हुँदै सरकारसम्म पुगेको थियो ।

संसद र मिडियामा कुरा उठिरहँदा डा. अर्यालकै निर्देशनमा केन्द्रले उपकरण खरिद गर्ने सम्झौता गरिसकेको छ ।

सार्वजनिक रुपमा विवादित बनेपछि प्रदेशसभा अन्तरगतको सामाजिक विकास समितिले अर्याललाई जिम्मेबारीबाट हटाउन निर्देशन दिएको थियो । साथै, समितिले छानविन गर्न समेत निर्देशन दिएको थियो ।

समितिको निर्देशनअनुसार अर्याललाई जिम्मेवारबाट हटाउन सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई लेखेर पठाएको थियो ।

सामाजिक विकास मन्त्रालय अन्तरगतको केन्द्रले २४ सेप्टेम्बर २०२३ मा फोहोरमैला व्यवस्थापन सम्बन्धी उपकरण खरिदको लागि सूचना प्रकाशित गरेको थियो । पण्डितकै कम्पनीले पाउनेगरी स्पेकलक गरी प्रस्ताव आह्वान गरिएका कारण प्रतिस्पर्धामा सहभागी ५ वटा कम्पनी प्राविधिक प्रस्तावमै फालिएका थिए ।

केन्द्रले चारवटा मेसिन खरिदको लागि ९ करोड २० लाखको प्रस्ताव आह्वान गरेको थियो । केन्द्रले १० जनवरी २०२४ अर्को सूचना जारी गरेर मा १७ जनवरीमा आर्थिक प्रतिवेदन खोल्ने सूचना प्रकाशित गरेको थियो । पाँचवटा कम्पनी प्राविधिक प्रस्तावमै आउट गरिएका कारण पण्डितको लाइफलाइन इन्टरनेशनलको आर्थिक प्रस्ताव पारित भयो ।

लाइफलाइनले उक्त मेसिन खरिदको लागि भ्याटसहित ८ करोड २६ लाख ८४ हजार ३६० प्रस्ताव गरेको थियो । एउटै मेसिनमा एक करोड बढी कमिसन राखेर पण्डितको कम्पनीलाई मिल्नेगरी स्पेसिफिकेशन बनाइएको थियो ।

सेटिङमै केन्द्रमा बढी बजेट लिएका डा. अर्यालले खरिदमा पनि स्पेकलक गरेर अमुक व्यापारीको हितमा काम गर्न थालेपछि चौतर्फी आलोचना भइरहेको थियो ।

विवादित व्यपारी पण्डितकै होटल बसेरामा बसेर केन्द्रको खरिद सम्बन्धी सेटिङको योजना बनाएको आरोप पनि अर्यालमाथि लागेको छ । तर, सरकारको निर्णयले पण्डित र अर्यालको सेटिङ भत्किएको छ ।

डा. अर्याल २०७९ फागुन ३० गतेबाटल केन्द्रका जिम्मेवारी समालेका थिए । उनको दरबन्दी सेती प्रादेशिक अस्पतालमा रहेको छ ।

खदिर प्रक्रियामा मिलेमतो भएपछि समितिमा उजुरी परेको थियो । समितिले मन्त्रीसहित डा. अर्याललाई पनि बोलाइएको थियो । मन्त्रालयका सचिव गणेश सिंह र डा. निरजले मन्त्रीलाई जानकारी नै नदिएर आन्तरिक समिति बनाएर कुनै गलत नभएको प्रतिवेदन तयार पारियो ।

प्रदेशसभा र समितिमा बोल्ने सांसदहरुलाई स्वार्थ नमिलेका कारण विरोध गरेको आरोप डा. अर्यालले लगाएका थिए । पछिल्लो पटक समितिमा उपस्थित भएका अर्यालले नाजवाफ भएका थिए ।

मन्त्रालय स्रोतका अनुसार उक्त खरिद सम्बन्धी सूचना पनि मन्त्रीलाई जानकारी नदिएरै डा. अर्यालले प्रकाशित गरेका थिए ।

यो पढ्नुहोस्

१. सुदूरपश्चिम स्वास्थ्य आपूर्ती केन्द्रमा विशाल पण्डितले गरे ओम्नी काण्डभन्दा ठूलो ‘सेटिङ’

२. डा. निरज: सेतीमा दरबन्दी, आपूर्ती केन्द्रमा हाजिरी, निजी अस्पतालमा काम र बसेरामा सेटिङ

सुदूरपश्चिम आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा. अर्याललाई जिम्मेवारीबाट हटाउन निर्देशन

४. मधेस प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा विशाल पण्डितको ‘सेटिङ’विरुद्ध उजुरी

५. मधेस प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा विशाल पण्डितको ‘सेटिङ’विरुद्ध उजुरी

६. ‘स्पेकलक’ गरेको भन्दै विशाल पण्डितविरुद्ध अख्तियारमा उजुरी, प्रमाणसहित

७. समाचार रोक्न भन्दै विशाल पण्डितले ‘पैसाको बिटो’ पठाएपछि … 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal