आज :

मिलेमतोमा ठेक्का दिने सापकोटाको तयारी, स्वास्थ्य व्यवसायी संघको खबरदारी

  • अनलाइन डबली

काठमाडौँ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगतको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले मिलेमतोमा औषधि र स्वास्थ्य उपकरण खरिद गर्न लागेको छ । केन्द्रले असोज २२ गते ‘प्याकेज’ ठेक्का प्रणाली प्रयोग गरेर एकैपटक सातवटा टेण्डर आह्वान गरेको थियो ।

उपकरण खरिद लागि ठेक्का नं. HLMC/G/NCB-04-2082-83, HLMC/G/NCB-05-2083-83, HLMC/G/NCB-06-2082-83, HLMC/G/NCB-07-2082-83, HLMC/G/NCB-08-2082-83 र औषधि खरिदको लागि HLMC/G/NCB-09-2082-83, HLMC/G/NCB-010-2082-83 गरी एकै मितिमा ७ वटा बोलपत्र आह्वान गरिएको छ । बोलपत्र औषधि र उपकरण खरिदको लागि निश्चित कम्पनीलाई दिनेगरी ‘प्याकेज’ ठेक्का प्रणाली अन्तरगत आह्वान गरिएको व्यवसायीले दाबी गरेका छन् ।

उक्त बोलपत्रले प्रतिस्पर्धालाई न्यून र अपारदर्शी बनाएको भन्दै स्वास्थ्य व्यवसायी संघले प्रदेश स्वास्थ्य मन्त्रालय र केन्द्रमा ‘प्याकेज’ ठेक्का प्रणाली हटाएर सबैलाई प्रतिस्पर्धा गराउन माग गर्दै निवेदन दिएको छ ।

संघको तर्फबाट नारायण कार्कीको नेतृत्वमा गएको व्यवसायीको टोलीले स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई भेटेर उक्त विषयको जानकारी गराएका थिए । त्यस्तै, सोही टोलीले केन्द्रका निर्देशकलाई सम्बोधन गरेर ‘प्याकेज’ प्रणाली हटाएर सबैलाई प्रतिस्पर्धामा सहभागी गराउन माग गरेका छन् ।

‘यस किसिमको प्रणालीमा आपूर्तिकर्ताहरुलाई सहभागी हुन गाह्रो हुने, प्रतिस्पर्धा न्यून हुने र पारदर्शिता पनि प्रभावित हुने देखिन्छ । यदि बोलपत्र Ietm-wise प्रक्रियाका आधारमा संचालन हुने व्यवस्था मिलाइएमा, बढीभन्दा बढी आपूर्तिकर्ता सहभागी हुन सक्ने, बजारमा प्रतिस्पर्धात्मक दर प्राप्त हुने र गुणस्तरिय सामाग्री र सेवा उपलब्ध हुने विश्वास गरिएको छ । यस विषयमा आवश्यक पहल गरी प्याकेज लट को ठेक्का प्रक्रियालाई आइटम वाइज प्रक्रियामा प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था मिलाईदिनहुन अनुरोध गर्दछौं’ उक्त निवेदन उल्लेख छ ।

केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाले निश्चित व्यवसायीसँगको मिलेमतोमा उक्त बोलपत्र आह्वान गरेका हुन् । जेनजी आन्दोलनबाट सबै क्षेत्र अस्तव्यस्त रहेको मौका छोपेर सापकोटाले केही निश्चित व्यवसायीसँगको मिलेमतोमा उक्त बोलपत्र आह्वान गरेको बताइएको छ ।

यस विषयमा डा. सापकोटासँग बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । नेपालमा निश्चित व्यवसायीसँगको मिलेमतोमा ‘प्याकेज’ प्रणालीमा बोलपत्र आह्वान गरेर अमेरिका पुगेको स्रोतले बतायो । जुन व्यवसायीसँगको मिलेमतोमा सबैलाई प्रतिस्पर्धामा आउन रोक्ने गरी बोलपत्र आह्वान गरे उनिहरुले नै अमेरिका जाने र आउने व्यवस्था गरेको स्रोतको दाबी छ ।

सापकोटा पटकपटक विवादमा आउने पात्र हुन् । यसअघि पहिलो पटक निर्देशक हुँदा पनि कमिसनको चक्करमा स्पेक लक गरेर विवादित बनेका थिए ।

सापकोटाले भ्रष्टाचार र कमिसनबाट अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण विभागमा उजुरी पनि परेको थियो । उक्त उजुरी विचाराधिन अवस्थामा रहेकै बेला सापकोटाले पुनः केन्द्रको निर्देशक भएर कमिसनको खेलमा लागेको स्रोतको दाबी छ ।

मन्त्रालयमा दिएकाे बाेदार्थ

याे पढ्नुहाेस्

डा. अर्जुन सापकोटाविरुद्ध सम्पति शुद्धिकरणमा मुद्दा, कसरी कमाए करोडौं सम्पति ? 

डा. अर्जुन सापकोटाको गलत निर्णयले राज्यलाई तीन करोड घाटा, अधिकारीको पनि साथ — 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal