काठमाडौँ। संजीवनी पब्लिकेशन एण्ड डिस्ट्रब्यूटरले प्रकाशन गरेको संजीवनी आल इन वान पुस्तकमा नेवा : समाजमा धार्मिक आस्थाको रुपमा पुजिंने लाखे लाइ जोकर भनि प्रकाशन हुन पुगेकोमा पब्लिकेशनले क्षमा याचना गरेको छ।
सामाजिक संजालमा यस बिषयमा ब्यापक आलोचना भए पछी आज एक बिज्ञप्ति निकाली पब्लिकेशनले भुल बस पुस्तकमा गम्भीर तृती हुनपुगेकोमा क्षमा याचना गरेको हो।
सम्पदा अभियानता राजन खड्गी ,नविन शिंह , संजय महर्जन ,प्रविन बलामी , हिरा थापा, सुदय सिलाकर , प्रशान्त शाही,मजिपा लाखे गुठिका गुठियार राजिव रंजित , रंजितकार समाज लगाएत समुहले आज पब्लिकेशनमा नै गएर उक्त पुस्तकहरु कब्जामा लिएको छ। अभियानता समुह यस अघि काठमाडौँ महानगर शिक्षा विभागमा यस बारेमा ज्ञापन पत्र दिएका थिए।
पब्लिकेशनले २०७५ मा प्रकाशन गरेको उक्त पुस्तक वितरण भइसकेका र बाकि रहेको पुस्तक फिर्ता लिएर अभियानताहरुलाई बुझाउने बचन दिएको छ।
यस बिषयमा अभियानता राजन खड्गीले आफुहरु नेवा : मौलिक सभ्यता , परम्परा , सम्पदा बिपरित कुनै कतै गलत क्रियाकलाप भएको अवस्थामा सदैव सक्रिय रहदै आएको बताए। उनले भने ‘ भगवान गौतम बुद्ध भारतमा जन्मेको हो , भनेर पुस्तक लगाएतमा प्रकाशन गरिदा आज हामि विश्वमा गौतम बुद्ध नेपालमा नै जन्मेको हो भनेर प्रचार गर्नु पर्ने अवस्था आएको छ , अत यस किसिमका गलत प्रकाशनलाइ समयमानै सचेत नगराए भावी पुस्ताले गलतलाई नै सहि ठान्ने हुन सक्ने हुन् छ। यो सामाजिक जिम्मेवारी हामि सबैको हो। ’



बुद्धशरण शाही


