काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चारजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेकी छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चारजना मन्त्री नियुक्त गरेका छन् । उनिहरुको आज दिउँसो २ बजे शपख खुवाउने कार्यक्रम रहेको छ ।
नयाँ मन्त्री बन्नमा डा. सुधा शर्मा गौतमले स्वास्थ्य तथा जनसंख्या, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनारले श्रम तथा रोजगार र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी समाल्ने भएका छन् ।
चारैजना संचारमाध्यम र सामाजिक संजालमामार्फत सबैले नाम सुनेकै पात्र हुन् । त्यसमा सुनार त झन् अदालतमा पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको छ ।
सुर्खेत जिल्ला अदालतबाट मिति २०८१ असार २१ गते ७ दिने पक्राउ पुर्जी जारी गरेको छ । सुर्खेतको मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएको हो । उनिविरुद्ध स्वास्थ्य संस्था तोडफोड तथा स्वस्थ्यकर्मीमाथि हातपातको मुद्दा दर्ता भएको थियो ।
अदालतले सात दिनभित्र पक्राउ नभए ३५ दिने पक्राउ पुर्जी तामेल गरी खोजतलास गरी पक्राउ गरी अदालतमा उपस्थित गराउन समेत अदालतले भनेको छ ।
त्यसैगरी काभ्रेबाट साइबर अपराधसम्बन्धी मुद्दामा पनि सुनार अभियुक्त भएकाे बताइएकाे छ ।



अनलाइन डबली


