
काठमाडौँ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका निर्देशक डा. अर्जुन सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्वास्थ्य उपकरण, औषधि खरिदलगायत क्षेत्रमा भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको हो ।
उजुरीमा सापकोटाले गैरकानुनी रुपमा कमाएको रकमबाट बिलासी जीवन जिउने गरेको भन्दै छानबिनको लागि माग गरिएको छ ।
कमिसनको चक्करमा बागमती प्रदेशभित्र रहेका सरकारी अस्पताल जनस्वास्थ्य केन्द्र र आयुर्वेद अस्पताललाई चाहिने स्वास्थ्य उपकरण स्वास्थ्य उपकरण खरिद निश्चित व्यवसायीलाई दिनेगरी खरिद मापदण्ड बनाएको आरोप पनि सापकोटामाथि छ ।
त्यस्तै, केन्द्रबाट केही दिन पहिलेमात्रै एकै मितिमा ७ वटा टेण्डर आह्वान गर्दा पनि पनि ठूलो कमिसनको खेलमा आफू अनुकुल व्यवसायीले पाउने गरी मापदण्ड बनाएका थिए ।
प्याकेज ठेक्का प्रणाली अन्तरगत आह्वान गरिएको टेण्डरमध्ये एउटा सूचना बाँकी राखेर ६ वटा अगाडि बढाएका छन् । यसमा पनि कमिसनको खेल भएको भन्दै छानबिनको लागि उजुरीमा माग गरिएको छ ।
त्यसअघि सापकोटाले २०८० सालमा समेत प्रदेश अन्तरगत सरकारी अस्पतालमा प्रसुती सम्बन्धी परीक्षण गर्न पोटेबल ‘कन्भेक्स अल्ट्रासाउन्ड’ खरिद गर्दा पनि कमिसनको खेलमा स्पेकलक गरेका थिए । उक्त सामान खरिद प्रक्रियामा समेत सापकोटाले नीतिगत भ्रस्टाचार गरेको आरोप लागेको थियो ।
याे पनि पढ्नुहाेस्