काठमाडौँ । महिला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका लागि नाम अग्रभूमिमा आउन थालेपछि बिद्या श्रेष्ठ महर्जन चर्चाको केन्द्रमा छिन्। सांस्कृतिक पहिचान, समुदाय–केन्द्रित विकास, पर्यटन कूटनीति र महिला नेतृत्वको संगम बनेकी उनी, आजको नेपालले खोजिरहेको सक्षम, स्पष्ट सोच र प्रमाणित नेतृत्वको शसक्त अनुहार मानिन्छ।

काठमाडौं महानगरको ऐतिहासिक **कोर नेवाः बस्ती “क्व ने या क्वहिटी”मा जन्मिएकी बिद्याले बाल्यकालदेखि नै संस्कार, सभ्यता, संस्कृति र गुथि–संरक्षणको चेतना आत्मसात् गर्दै आएकी छन्।
शिक्षा, संस्कृति र नेतृत्व—
दुई दशकको सक्रिय यात्रा इमानदार पेशामा अडिग बिद्या करिब २० वर्षदेखि शिक्षा क्षेत्रमा सक्रिय छन्। Master’s Degree in Rural Development प्राप्त उनको शिक्षण अनुभवसँगै IELTS तथा PTE Instructorको भूमिकाले हजारौँ युवालाई अवसरका ढोका खोल्ने मार्गदर्शन गरेको छ। नेतृत्व क्षमताको प्रारम्भिक अभ्यास उनले नुवाकोट जेसीजकी संस्थापक अध्यक्षका रूपमा 2013 मा सुरु गरिन्। सांस्कृतिक क्षेत्रमा उनी हलि नेवाः गुथि महिला विभागमा प्रभावशाली नेतृत्व गरिसकेकी छन्।
राष्ट्रिय स्तरमा राष्ट्रिय जनगणना 2021 मा काठमाडौँ महानगरअन्तर्गत Running Supervisorको महत्वपूर्ण जिम्मेवारी बहन गरेर सूक्ष्म व्यवस्थापन क्षमता पनि देखाइन्। उनी अहिले Economic, Social & Culture Net Internationalकी निर्वाचित बोर्ड सदस्य (Freelance)का रूपमा अन्तर्राष्ट्रिय समुदायमा नेपालको संस्कृति, सामाजिक न्याय, मानवीय अधिकार र पहिचानका मुद्दा प्रवर्द्धन गर्दै आइरहेकी छन्।
अधिकार, न्याय र समुदाय संरक्षणमा अग्रपंक्तिको आवाज बिद्या श्रेष्ठ महर्जन एक आदिवासी/मूलवासी अधिकारकर्मी, सामाजिक–सांस्कृतिक अभियन्ता र निरन्तर आवाज बुलन्द गर्ने नागरिक नेतृ हुन्।
उनको नेतृत्व/भूमिकामा सम्पन्न प्रमुख आन्दोलनहरूः
• गुथि विधेयक २०१९ विरुद्धको निर्णायक जनआन्दोलन •
गैर–न्यायिक सडक विस्तारविरुद्धको अभियान (सम्पदा–बस्ती संरक्षण) •
खोखना बचाऊ आन्दोलन •
Save मुकुम्लुङ अभियान •
छोरी मैया बेपत्ता प्रकरण’मा न्यायका लागि निरन्तर आवाज •
भाषा, संस्कृति, सामुदायिक पहिचान र गुथि संरक्षणका अभियान सामाजिक न्यायका आन्दोलनमा उनी अहिंसक तर दृढ भूमिकाका लागि चिनिन्छिन्।
2018 मा पानीको फोहराले घाइते, 2020 जुलाईमा खोखनामा शान्तिपूर्ण धर्ना क्रममा लाठी प्रहारबाट घाइते र अर्को कार्यक्रममा दायाँ हात भाँचिँदासमेत उनी लडाइँबाट पछि हटिनन्। “पीडितको साथ कहिल्यै नछाड्ने” उनकाे पहिचान बनिसकेको छ।
परम्परागत संरचनामा महिला सहभागिताको ऐतिहासिक मोड नेवाः सांस्कृतिक अध्यायमा बिद्या नेतृत्वमा भएको कार्य ऐतिहासिक मानिन्छ।
**यें या पुन्हि (इन्द्रजात्रा) “नानी चा या”**को दिन पहिलो पटक इतिहासमै महिलाहरूले रथ तान्ने परम्परा–
भञ्जक तथा लैङ्गिक समानतामूलक परिवर्तन सम्भव गराइयो। यो परिवर्तन ज्यापू महा गुथिको समन्वयमा क्वने (क्व ने याः)बाट बिद्याको नेतृत्वमा सम्पन्न भयो— नेवाः समुदायमा महिला सहभागिता, सांस्कृतिक स्वामित्व र पीढीगत न्याय स्थापनाको प्रयोगात्मक मिसाल मानिन्छ। उनी **Inter-Generational Feminist Forum (IGFF – अन्तर पुस्ता नारीवादी मञ्च)**मा सक्रिय रहेर संस्कृति–नारीवाद, सामाजिक न्याय, नेतृत्व विकास र नीतिगत हस्तक्षेपमा निरन्तर काम गरिरहेकी छिन्।
अन्तर्राष्ट्रिय अध्ययन र कूटनीतिक दृष्टि खुल्ला प्रतिस्पर्धाबाट विश्वका शीर्ष 20 आदिवासी महिलामध्ये छनोट भई,
उनले University of Arizona मा “Advocating Indigenous Women Rights through UN Mechanism” कोर्स 2025 मा स्नातक (Graduate) गरेकी छन्। त्यसअघि, उनले Asian Indigenous Peoples Pact (AIPP) मार्फत TOT on Self-Governance System, Democracy & Autonomy पूरा गरेकी छन्— जसले आदिवासी स्वशासन, नीति र अधिकार संरक्षणमा उनको क्षमता थप सुदृढ बनायो। उनी विभिन्न अन्तर्राष्ट्रिय फोरम, सम्मेलन, संयुक्त राष्ट्रसंघ सम्बन्धित मञ्चहरूमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन्।
पर्यटन, कूटनीति र नीति–समझ : मन्त्रीका लागि योग्यतासहितको दृष्टि संस्कृति, पर्यटन र नागरिक उड्डयन — तीनै क्षेत्र समन्वय, कूटनीति, पहिचान र नवप्रवर्तनमा आधारित छन्। बिद्याको : • अमेरिका र युरोप भ्रमण अनुभव, • अन्तर्राष्ट्रिय कूटनीतिक सम्पर्क, • नेपालका हिमाल–पहाड–मधेश तीनै भूभागको पर्यटन सम्भावना प्रतिको गहिरो समझले उनी मन्त्रीपूर्ण जिम्मेवारीका लागि नीतिगत दृष्टि र व्यावहारिक क्षमता राख्ने उपयुक्त विकल्प बनाएकी छ।
जनताको विश्वास र निर्वाचन अनुभव स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको उप–मेयर पदमा राम्रो मत हासिल गर्नु नेपालकै स्वतन्त्र राजनीतिक स्पेसमा महिलाको उदयको सशक्त उदाहरण हो। दलीय संरचना बाहिर रहेर पनि जनसमर्थन र विश्वास हासिल गर्न सक्ने नेतृत्व क्षमता उनले प्रष्ट प्रमाणित गरिसकेकी छन्।
Write to Mankasa Mirmire


अनलाइन डबली



