आज :

बेथिति र भ्रष्टको संरक्षक बन्दै स्वास्थ्यमन्त्री बस्नेत, तहस नहसको बाटोमा स्वास्थ्य क्षेत्र

  • अनलाइन डबली

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल नागरिकको स्वास्थ्य भन्दा पनि बेथिति र भ्रष्टको नाइके बनेर जनताको स्वास्थ्यमाथि खेलवाडा गरिरहेका छन् । विवादित छवि बनाएका स्वास्स्थ सचिव डा. पोखरेलको स्वास्थ्य क्षेत्रमा मनपरी र दादागिरी विगतभन्दा झन् बढेको छ ।

डा. पोखरेल मन्त्रालयमा बहाली भएपछि नागरिकको स्वास्थ्यभन्दा सेटिङमा व्यस्त रहेका आरोप लाग्दै आएको छ । पोखरेलले नीति गत रुपमै भ्ष्टाचारको लागि जुनियरहरुको टीम बनाउँदै आएका छन् । आफ्नो टीम मिलाउन समूह नमिल्ने र जुनियरलाई आकर्षक मानिएका पदमा पुर्याएका छन् । सरकारले थालेको सुशासनको विरुद्धमा सचिव पोखरेल नै लागेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

नीति तथा योजना महाशाखामा प.हे ए. को पदमा बाल रोग विशेषज्ञ डा. कृष्ण पौडेल छन् । ईपिडिमियोलोजी महाशाखामा अर्थोपेडिक डा. रुद्ध मराशनी लगिएको छ । उपचारात्मक महाशाखामा ट्रपिकल मेडिसिनको डाक्टर हुन् । जसमा ज.हे.स को पद रहेको छ । क्षयरोग केन्द्रमा सर्जन डा. प्रज्वल श्रेष्ठ सरुवा भएका छन् । जुन पद प.हे.ए. हो ।

त्यसैगरी बेथिती र भ्रष्टाचारको अखडाको पहिचान बनाएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान (न्याम्स) वीर अस्पतालमा १२ औं तहका ३ जना बहाल हुदाँहुँदै १० औं तहका डा. भुपेन्द्र बस्नेतलाई उपकुलपति बनाइएको छ । बस्नेत ३९ करोडको मेसिन खरिद गरी चौरमा अलपत्र पार्ने प्रकरणका नाइके हुन् । चारवर्ष बढी हुँदा समेत उक्त मेसिन जडान गरिएको छैन ।

ट्रमा सेन्टरमा एमआरआई मेसिन स्पेकलक गरिएको छ । एक सप्लायर्सको योजनामा एमआरआई स्पेकलक गरिएको स्रोतले बताएको छ । उता भरतपुर अस्पतामा पनि उक्त कम्पनीलाई टेण्डर दिन १० औं तहका डा. कृष्ण पौडेल लागि परेका छन् । उनलाई पनि सचिव पोखरेलले गलत कार्यमा लगाउँदै आएका छन् ।

स्वास्थ्य सचिव डा. पोखरेल स्वास्थ्य क्षेत्र सुधार भन्दापनि विचौलिया र केही सप्लायर्सको स्वार्थमा काम गरिरहेको एक अधिकारीले बताए । सचिव पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा समेत परेको छ ।

सचिव पोखरेलको यस्तो बेथितीलाई मन्त्री मोहनबहादुर बस्नेतले साथ रहेको एक अधिकारीले बताए । मन्त्री बस्नेतले टिम बनाएर बेथितिलाई संस्थागत गरिरहेका छन् । मन्त्री बस्नेतले स्वकीय सचिव विश्वरुप खड्का, डा. लोचन कार्की, डा. अन्जनी झा, डा. भुपेन्द्र बस्नेतसहितको टीम बनाएका छन् । यो नै मन्त्रीको कोर टीम भएको स्वास्थ्य मन्त्रालयमा चर्चा लगेको छ ।

सचिव पोखरेलको टीमको स्वास्थ्यमा मनपरी र बेथितिकै कारण स्वास्थ्य क्षेत्र तहस नहसको बाटोमा छ । राम्रा, इमान्दार कर्तव्यनिष्टहरु पाखा लाग्दै गएका छन् भने दलाल, विचौलिया छविका कर्मचारी कार्यकारी ठाउँमा पुगेका छन् । यसले स्वास्थ्य क्षेत्र तहस नहसको बाटोमा भएको मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।

डा. लोचन कार्की सचिव पोखरेलका विश्वास पात्रको रुपमा काम गरिरहेका छन् । कार्की नै बेथितिका मुख्य योजनाकार भएको स्रोतको दाबी छ । कार्कीको योजनामा हालै ९ निर्देशकहरुको सरुवा भएको छ ।

भ्रष्ट छविका सचिव र उनको समूहकै कारण स्वास्थ्यमन्त्री बस्नेतले पदबहाली गर्दै गर्दा गरेका वाचाअनुसार अगाडि बढ्न नसकेको अधिकारीहरु बताउँछन् ।

सचिव पोखरेलसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal