आज :

काठमाडौंको केएमसी होस्टलमा घट्यो यस्तो घटना, रायमाझी मृत फेला

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत अवस्थामा केटिएकी छिन् । काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेकी हुन् ।

छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्स गोपाल चौधरी सहितको टिम पुगेर अनुसन्धान गरेका छन् ।

उनको शव घटनास्थलमै छ । मृतकका वुवा आमा गएराति काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उता मोरङमा शुक्रबार राति एक महिलाको आगो लगाएर ह’त्या भएको छ ।

शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई ह’त्या भएको प्रहरीले जनाएको छ । प्रहरीले ह’त्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ ।

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

‘घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरुको घर पनि जलेको छ’ उनले भने । शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थियो ।

घरमा गम्भीर अवस्थामा रहेकी बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरु दुई जनामात्र बसोबास गर्थे । बबिताका श्रीमानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्रको लत्ता कपडा, भाडाकुँडा र अन्नपात पनि जलेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal