आज :

मिडियाले सरकार र जनताबीचको पुलको काम गर्नुपर्छ: संचारमन्त्री

  • अनलाइन डबली

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी स्वामित्वका मिडियाहरुले सरकार र जनताबिचको पुलको काम गर्नुपर्ने बताएकी छिन् ।

सोमबार गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सव समारोहमा उनले संविधानमा मौलिक हकमा राम्रो व्यवस्था रहेपनि कार्यान्वयन हुन नसकेको भन्दै यसबारे पनि सरकारी मिडियाहरुले सचेतनाको पक्षमा भूमिका खेल्नुपर्ने बताईन् ।

उनले भनिन्, ‘राज्यबाट सम्पन्न भएका नीति, नियम जनताका बीचमा पु¥याउने र जनताका गुनासा र अपेक्षाहरु सरकारसम्म पु¥याउने गरेर सरकारी मिडियाहरुले आफ्नो भविष्य निर्धारण गर्नुपर्छ । हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छौ । जातिय छुवाछुत्, लैङ्गिक समानतालगायतका थुप्रै विषयहरु हामीले संविधानमा राखेका छौ । तर त्यो कुरा आजका दिनसम्म पनि व्यवहारिक रुपमा कायम भईरहेको छैन् । यसको कारणहरु पत्ता लगाएर बाहिर ल्याउने पनि सरकारी मिडियामार्फत जनसमक्ष लान सकियो भने यसले हाम्रो सचेतनाको पक्षमा पनि राम्रो भूमिका खेल्न सक्छ ।’

उनले गोरखापत्रलाई व्यवस्थित बनाउन र अगुवा बनाउन यसका गुणका आधारमा स्थापित गर्न नयाँ ढंगको जनशक्ति आवश्यक भएको भन्दै गोरखापत्रको संरचनात्मक अवस्था, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनको लेखाजोखा गर्न आवश्यक भएको पनि बताईन् ।

उनले भनिन्, ‘यसलाई बजारमा स्थापित गर्न नयाँ तरिकाको जनशक्ति, क्रियाकलाप, कार्यक्रमहरु आवश्यक छ । यसमा गम्भीर भएर छलफल गर्न आवश्यक छ । गोरखापत्रको संरचनात्मक अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्यन गरि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको व्यवस्थापन र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आएको छ ।’

गोरखापत्रको इतिहास जति गौरवशाली छ वर्तमान र भविष्यमा पनि त्यो प्रतिष्ठा कायम राख्नु सबैको चुनौतीको विषय भएको पनि उनको भनाई छ ।

उनले भनिन्, ‘आम मानिसमा विस्तार हुदैँ गएको सूचनाको पहुँच र प्रवृत्तिको सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्छ । नेपालका अखबरे पत्रकारिता आरम्भ गरेको यस गोरखापत्रको इतिहास जति गौरवशाली छ वर्तमान र भविष्यमा पनि त्यो प्रतिष्ठा कायम राख्नु हामी सबैको चुनौतीको विषय पनि हो । बजारमा प्रतिस्पर्धी हुनु हाम्रो कर्तव्य छ । सँगसँगै अगुवा पत्रिकाको रुपमा स्थापित गर्न र आन्तरिक व्यवस्थापन सबल बनाउन पनि जरुरी छ । आर्थिक र जनशक्ति व्यवस्थापन दुवै हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउन सके गोरखापत्रको भविष्य उज्वल छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal